Thursday, 19 February 2009
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मास्को च्याप्टरको आव्हान
संसारभरि फैलिएका नेपालीहरु जीवन यापनकोलागि जहाँ पुग्नु परेपनि जे काम गर्नुपरे पनि मातृभूमिप्रतिको
ममता नेपाली भाषा, कला र सँस्कृति संवर्द्वनको माध्यमबाट अभिव्यक्त भइरहेको पृष्ठभूमिमा झण्डै ४० वटा
शाखा मार्फत अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आजसम्म नेपाली साहित्यिक श्रीवृद्दिमा महत्वपुर्ण योगदान पुर्याउदै आएको तथ्य सर्बविदितै छ र यस संस्थाको गरिमामय उदेश्यलाई आत्मसात गर्दै अनेसास मास्को च्याप्टरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मशताव्दी तथा फ्रीनेपाल डट कमको दशौँ वार्षिकोत्सवको उपलक्षमा विविध कार्यक्रमहरु प्रस्तुत गर ्ने जमर्को गरिरहेको छ।
विशेष साहित्यिक कार्यक्रमहरु प्रस्तुत गर्ने सिलसिलामा अनेसास मास्कोले नेपाली साहित्य विकासमा अनवरत लागिपरेका लव्धप्रतिष्ठित साहित्यकारद्वय डा. ध्रुवचन्द्र गौतम र डा. गोविन्द भटृराईलाई नेपालबाट आमन्त्रण गरि 'जयपृथ्वी-इभान मिनायभ स्रष्टा सम्मान' प्रदान गरि अभिनन्दन गर्ने, ७० वर्ष पुगेको उपलक्षमा वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठलाई सम्मान गर्ने, विस्तारित साहित्यिक गोष्ठी गराउने जस्ता ऐतिहासिक महत्वका योजनाहरुलाई सम्पन्न गर्ने सन्दर्भमा रुसबासी नेपालीहरुको साहित्यिक जागरणमा हौसला थप्दै उक्त कार्यक्रम सफल पारिदिन हुन सम्पूर्ण नेपाली दाज्युभाइ दिदीबहिनीहरुमा सहयोगकोलागि विनम्र अनुरोध गर्दछौं ।
- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मास्को च्याप्टर

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम Featured, गतिविधि .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment