Thursday, 19 February 2009
कथाकार मधुवन पौडेल सम्मानित
वाशिङ्टन डीसी
नेपाली कथा साहित्यका वरिष्ठ हस्ताक्षर कथाकार मधुवन पौडेलको सम्मानमा अनेसास डीसी मेट्रो च्याप्टरले एक कार्यक्रमको आयोजना गरी उहाँको सम्मान गर्यो ।
सम्मान कार्यक्रममा वोल्दै उहाँले आफू कामको सिलसिलामा जुन जुन देश पुग्यो त्यहि देशका पात्र तथा परिवेशले प्रभावित पार्दा सोही परिवेशको कथा रचना गरेको वताउँदै मनमा रहेका लेख्न वाँकी कथाहरु अवकासपछिको समयमा लेख्ने वताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावासका कार्यवाहक राजदूत कालिप्रसाद पोखरेलले डि सीको साहित्यिक गतिविधिले आफू प्रभावित भएको वताउँदै स्रष्टाहरुको यस्तो सम्मान हुनु राम्रो कार्य भएको वताउनु भयो ।
सो समारोहमा साहित्यकार तथा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीको नव प्रकाशित समालोचना कृति समुद्रपारको समालोचना विमोचन गरिएको थियो ।कार्यक्रममा अनेसासका पूर्व अध्यक्ष वसन्त श्रेष्ठले सम्मानपत्र पढेर सुनाउनुका साथै फूलको गुच्छाले सम्मानित कथाकार पौडेललाई स्वगत गर्नु भएको थियो भने स्रस्टा होमनाथ सुवेदीले आफ्नो कृतिका वारेमा मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।
अनेसास डि सी मेट्रो च्याप्टरका अध्यक्ष गोविन्द गिरी प्रेरणाले सभापतिको आसनवाट वोल्दै आफ्नो कार्यकालमा स्रस्टाहरु जनकविकेशरी धर्मराज थापा,यादव खरेल,कृष्णचन्द्र सिंह प्रधान लगायत मधुवन पौडेललाई सम्मान गर्न पाएकोमा सन्तोष लागेको वताउनु भयो । सो कार्यक्रमको संचालन कवि एवम् च्याप्टरका महासचिव विपिन भूर्तेलले गर्नु भएको थियो ।

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम Featured, गतिविधि .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment