Thursday, 19 February 2009
जापानमा कवि गोष्ठी तथा कृति विमोचन
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापानको आयोजनामा नव वर्ष २०६६ तथा जापानी फूल साकुराको हानामी पर्वको अवसरमा अप्रिल १९ आइतवार टोकियोमा छौटौं साहित्य श्रङ्खला तथा कवि गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । जापानका लागि नेपाली राजदुत डा। गणेश योन्जन तमाङज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमका अतिथिहरुमा अनेसासका केन्द्रिय अध्यक्ष डा। कुमार वस्नेत, जनजाती महासंघका अध्यक्ष तथा एनआरएन जापानका उपाध्यक्ष ओम गुरुङ्, साझा संयन्त्र जापानका संयोजक मेघराज नेपाल, आइएनसिजेका अध्यक्ष शालिकराम भण्डारी, नेकपा एमाले जापान प्रवाश कमिटिका प्रतिनिधि स्वतन्त्र पौडेल, शान्ति तथा लोकतान्त्रीक माचका अध्यक्ष तथा पत्रकार भूषण घिमिरे, जनप्रगतिशिल मोर्चाका सचिव जोन छन्तयाल, एन्आरएन आईसिसी महिला प्रतिनिधि गायत्रि पौडेल आदी बाट शुभकामना मन्तब्य तथा साहित्यिक रचना सुनाइएको थियो ।
प्रमुख अतिथिको आसनबाट महामहिम डा योन्जनले साहित्यिक कार्यक्रममा उपस्थिति हुन पाएकोमा प्रसन्ता प्रकट गर्दै सामाजिक परिवर्तनमा साहित्यले खेल्न सक्ने भूमिकाको सम्बन्धमा चर्चा गर्नु भयो । अनेसासका केन्द्रिय अध्यक्ष डा। वस्नेतले अनेसासको भावी कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो ।
आयोजक संस्थाका अध्यक्ष वेलु थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जापानबासी २२ जना नेपाली कविहरुद्धारा रचित हाइकु संग्रह हाइकुमालाको विमोचन समेत भएको थियो । विमोचीत कृति हाइकुमालाका प्रधान सम्पादक प्रकाश पौडेल माइला तथा सम्पादक भिष्म सुवेदी रहनुभएको छ ।
२ चरणमा सन्चालन गरिएको उक्त कार्यक्रम अन्तर्गत दोश्रो चरणमा जापानमा रहेका र अन्य मुलुक्बाट समेत प्राप्त भएका रचना बाचन गरिनुका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुबाट शुभकामना मन्तव्य राखिएको थियो । उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रकाश पौडेल माइलाद्धारा जापानी हाइकुका सम्बन्धमा खोजमुलक कार्यपत्र पनि प्रस्तुत गरियो ।
अनेसास जापानद्धारा हरेक तीन तीन महिनामा चरणवद्ध रुपमा आयोजना गरिदै आएको साहित्यिक भेट्घाट अन्तरगत यो छौटौं साहित्य श्रृङ्खला हो । कार्यक्रममा उपस्थित भएर आ-आफ्ना रचना वाचन गर्ने कवि कवयित्रिहरुहरुमा दिनेशराज ज्ञावाली, भिष्म सुवेदी, छक्कु उदासी, स्वतन्त्र पौडेल, चिन्तामणि मरहठ्ठा, पुष्करजंग थापा, शशि वि क, गायत्रि पौडेल, धिषण निरौला, सपना निरौला-पोखरेल, दिवाकर ज्ञावाली, देवि इङ्गनाम, चण्डि सुवेदी, आलोक चालिसे, प्रकाश पौडेल माइला, कुमार वावु सिङखडा आदि हुनुहुन्थ्यो । कार्यक्रमका लागि इमेलवाट रचना पठाउनेहरुमा वेल्जियमवाट कृष्ण वजगाई, इजरायलवाट सुनिल संगम, कतारवाट लेखराम सापकोटा, डा हेमनाथ घिमिरे लामाजुङ, मियाजाकीवाट रविन्द्र ढकाल, काठमाडौं बाट ॠषिरम अर्याल, क्यलिफोर्नियाबाट शेखर ढुङेल आदिहुनुहुन्थ्यो ।
आलोक चालिसेको संचालन रहेको उक्त कार्यक्रममा मझेरी डट कमका संचालक कुमार वाबु सिङखडाले विमोचित कृति हाइकुमालाको समालोचना तथा प्रधान सम्पादक प्रकाश पौडेल माइलाले पुस्तकमा समाविष्ट सामाग्री माथि प्रकाश पार्नु भएको थियो ।

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम Featured, गतिविधि .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment