गजल
नजिकै खोजेँ टाढा पो हजुर
अब त दुःख नदिए भो हजुरहृदय भित्र साँचेकै थिएँ
कि चिरी देखाउँ छाती यो हजुरअँधेरी रातमा शीतल दिने
ताराकै बीच चन्द्र हो हजुरकसरी आफ्नो बनाउँ मैले
कोशिष लाख खेर गो हजुरविवश सधै खोज्दैछ समीप
बुझ्नै पो गाह्रो मन त्यो हजुरहरि मानन्धर "विवश"
0 comments:
Post a Comment