Wednesday, 6 July 2011

साहित्यका कृषकहरु धादिंङमा सम्मानित



आदिकवि भानुभक्तको दोश्रो सतवार्षिकीको संन्दर्भमा साहित्यमा सक्रिय रुपमा योगदान गर्ने धादिङका साहित्यकारहरुलाई एक विशेष रमारोह बिच धादिङ बेंशीमा प्रमुख अथिति प्रा. डा. श्री व्रतराज आचार्यद्वारा ताम्र पत्र तथा नगद रु १५०००।०० र विषेश अथिति प्रमुख जिल्ला अधिकारी श्री नारायण आचार्यद्वारा दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सम्मानित साहित्यकारहरुलाई कार्यक्रमका सभापती श्री नवीनबन्धु पहाडीद्वारा मायाको चिनो स्वरुप घोडचढी युद्ध नृत्य अंकित फोटो प्रदान गर्नु भयो । सम्मानित हुनुहुनेहरुमा साहित्यका विविध विधामा योगदान पुर्याुउनुहुने प्रा.डा. श्री मोहन तिमल्सिना, श्री डिल्लीरमण शर्मा अर्याल, श्री नवराज लम्साल, श्री उत्तम कडेल र श्री बासुदेव अधिकारी हुनुहुन्छ ।
कार्यक्रमको अवसरमा केही सम्मानित साहित्यकार तथा अन्य साहित्यकारहरु श्री घिमिरे "मैदेली", श्री प्रकाश सापकोटा, श्रीमती कल्पना अधिकारी लगाएत करिव १ दर्जन साहित्यकारहरुले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो । कार्यक्रम संचालन श्री मुरारी अधिकारीले गर्नु भएको थियो।
कार्यक्रमको प्रायोजन तथा आयोजना जि.वि.स. धादिङ, धादिंङ साहित्य समाज र भानु प्रतिष्ठानले संयुक्त रुपमा गरेको थियो ।

0 comments:

Post a Comment