
ख्यालख्यालमै यो मनभित्र डेरा जमाएछौ,
तिम्रै यादमा साँझ बिहान जल्ने बनाएछौ ।
चारै तिर भीरै भीर छ संसार मेरा लागि,
त्यसैले त जीउनखोज्छु आफै देखि भागि ।
एक्लै जीवन खेप्छुभन्ने मनलाई मनाएछौ,
तिम्रै यादमा साँझ बिहान जल्ने बनाएछौ ।
धर्ती आकाश एकै पारि के के जादु गर् यौ,
बिना स्वार्थ मायाँ गरि नौलौ आशा भर् यौ ।
थाहै नदिई यो आँखामा माया खन्याएछौ,
तिम्रै यादमा साँझ बिहान जल्ने बनाएछौ ॥
-भानु सुनुवार "तिरस्कृत"
रचनाकाल : १८ जेठ २०६८
दोहा कतार ।
0 comments:
Post a Comment