Wednesday, 1 June 2011

बहुलाहा





धेरैबेर एक्लै एक्लै रमाइस बहुलाहा
मनले खा'को बाटो जब समाइस, बहुलाहा ।

कोरीको खुट्टा ढोगी धेरै ठूला भए यहाँ
नमानेर तैंले नाम कमाइस, "बहुलाहा"

ढाँट्ने, छल्ने, झुठ बोल्ने, हुन्छ उत सद्दे मान्छे
सत्य बोली आफूलाई बनाइस, "बहुलाहा"

मालिकको दास हुन टीको थाप्न अरु जाँदा
तैंले चाहिँ हक मागी भनाइस, "बहुलाहा"

तेरो कथा बदनामीको लेख्छ साले -कृष्णपक्ष
किन यस्तो दाग कालो लगाइस, बहुलाहा ?

0 comments:

Post a Comment