आचार्य प्रभा
सबैको आध्यात्मिक आस्था थियौ शाई तिमी
प्रचण्ड ज्योति बन्यौ जगतमा आइे तिमी ।
धर्मको ज्योति फैलाइे दियौ तिम्ले चोखो प्रेम
रहन्छौ सधैं भरी सबको मनमा छाइे तिमी ।
मृत्युको हुंकारलाई कस्ले जित्न सक्दोरैछ ?
धन्य नै बन्यौँ हामी यो जुनीमा पाइे तिमी ।
मनुष्य बनेर नै देवताको रूप लियौ
आजन्म मनमा रह्यौ सत्य बाचा खाइे तिमी ।
मेटिन्न तिम्रो शालीक भक्तरुपी मनबाट
बस्नेछौ अमीट् बन्दै हृदयमा स्थाइे तिमी ।
(श्री सत्य शाईबाबाको निधनले भाव बिह्वल बनें । जीवनमा एक पटक भेटेर वहाँको दिब्य आशिष लिने धोको मनभित्र नै रह्यो तथापी वहाँका दिब्य उपदेश र आशिर्वाद हृदयमा आजन्म अमीट रहनेछ । वहाँको चिरआत्माको शान्तिको कामना गर्दै यो चोखो गजल वहाँमा समर्पित गर्दछु । ( रचना अप्रिल २४-२०११ )
0 comments:
Post a Comment