Sunday, 24 April 2011
गज़ल - इश्वरी रावल
पर्खे हुन्छ छिटै यो ठाउँ छोडेर आउँदै छु
बिन्ति मेरो दुइ हात यिनै जोडेर आउँदै छु!
बिरानो देश बिरानो ठाउँ चट्टान जस्तै कडा
फलाम बनी चट्टान सबै फोडेर आउँदै छु!
शासन उस्तै कानुन उस्तै थिचिनै रहयो यहाँ
एक एक गरी जन्जिर सबै तोडेर आउँदै छु !!
मानव एकै सन्तति हामी बिश्व नै हाम्रो घर
फुलोस संधै फूल भनि गोडेर आउँदै छु !!!
मोती खोज्दै आँगन छोडी हिडें मरुभूमि तिर
जूनतारा तिर पाइला मेरा मोडेर आउँदै छु!
इश्वरी रावल (न्यौपाने )
कालिकास्थान, रसुवा
हाल इजरायल
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गजल .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment