Tuesday, 19 April 2011

आनेसास अष्ट्रेलियाको नया कार्यसमिति गठन


 

अष्ट्रेलिया



स्थापनाको झण्डै तीनवर्ष पछि अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज अष्ट्रलियाको पुनर्गठन गरिएको छ । पुनर्गठित नया समितिको अध्यक्ष्यमा भुवनेश्वर शर्मा, उपाध्यक्ष्यमा कमल कुमारी तिमील्सिना भन्डारी, सचिवमा सन्तोष कोइराला, कोषाध्यक्ष्यमा रीना राई, र सदस्यमा नवराज दाहाल रहनु भएको छ । निवर्तमान तथा सस्थापक अध्यक्ष दीषक विष्टलाई अष्ट्रलियाको केन्दीय समितिको सल्लाहकार र संरक्षकमा सर्वसम्मतिले चयन गरेको छ । नयाँ कार्य समितिमा भुटानमा जन्मेका केहि इच्छुक साहित्यिक सर्जक हरुलाई पनि समाबेश गरियको छ । नव प्रवेशी कार्यकारी सदस्यहरुमा राधा मल्ल, प्रकाश धमला, डोम काफ्ले र आर्टिष्ट मुना राई रहनु भएको छ । अष्ट्रलियाका अन्य सहरमा च्याप्टरहरु स्थापनाको संयोजनकालागि दीपक विष्ट र भुवनेश्वर शर्माले जिम्मेवारी लिनुभएको छ ।

नया कार्य समितिले सवै महादेशमा उपाध्यक्षको ब्ववस्था गर्ने क्रममा अष्ट्रेलिया र अफ्रिकालाई यउटै समूहमा नराखियोस भनि अध्यक्ष ज्ञानेन्द्र गदाललाई एक प्रस्ताव पठाएको छ । अष्ट्रेलिया अफ्रिकावाट टाढा रहेको र अष्ट्रेलियामा झण्डै ६० हजार नेपाली रहेको पृष्ठभूमीमा अष्ट्रेलिया र न्युजिल्याण्डकालागि भिन्दै उपाध्यक्षको ब्यवस्था गरियोस भन्ने अनुरोध सो प्रस्तावमा गरिएको छ ।

समितीले विदेशमा वसेर नेपाली वागंमयको प्रवर्दनकोलागि एक पुरुस्कारको गठन गर्ने विषयमा गृहकार्य सुरु गरेको छ ।

नया कार्यसमितिका पदाधिकारीहरुको संक्षिप्त परिचय:

भुवनेश्वर शर्मा... अध्यक्ष
स्वतन्त्र पत्रकार, दक्षिण अस्ट्रेलियामा पहिलो नेपाली सामुदायिक रेडियोको स्थापना, संयोजक र प्रस्तोता, साहित्य र पत्रकारितामा त्रिभुवन विश्व विद्यालयवाट स्नातक/ स्नाकोत्तर, नेपालमा राइजिग नेपाल र कान्तिपुर टेलिभिजनमा झण्डै ६ वर्ष कार्यरत, साहित्यमा विशेष गरी आधुनिक काब्यमा रुची । जन्म गुल्मीको ग्वाघा ।

दीपक विष्ट .... सल्लाहकार तथा संरक्षक
समाज शाष्त्रमा फिलिन्डर्स विश्व विद्यालयवाट स्नाकोत्तर, समाजसेवामा संलग्न, विदेशमा नेपाली साहित्यको प्रबर्धनमा विशेष रुची, हालै प्राइड अफ अष्ट्रलिया पदकवाट सम्मानित, जन्म प्युठान

कमल कुमारी तिमिल्सीना.. उपाध्यक्ष
अष्ट्रेलिया आउनु अघि अग्रेजी साहित्यको प्रध्यापन, कविता तथा समालोचना विधामा विशेष रुची, मधुपर्क र साझाका प्रकाशनहरुमा दर्जनौ साहित्यीक रचनाहरु प्रकाशित, जन्म चितवन

रीना राई .. कोषाध्यक्ष
समाज शाष्त्रमा फिलिन्डर्स विश्वविद्यालयवाट स्नाकोत्तर, सोसल वर्करको रुपमा कार्यरत, साहित्य र विशेष गरी गितिकथा लेखनमा रुची, जन्म ओखलढुगा

मुना राई .. सदस्य
रेडियो प्रस्तोता, आर्टिष्ट, कम्युनिटी वर्करको रुपमा कार्यरत, जन्म ओखलढुगा

राधा मल्ल.. सदस्य
अंग्रेजी साहित्यमा त्रिभुवन विश्वविद्यालयवाट स्नाकोत्तर, सामाज शाष्त्रमा फिलिन्डर्स विश्व विद्यालयवाट स्नाकोत्तर, साहित्यमा रुची, कविता लेखन, जन्म कास्की

नवराज दाहाल.. सदस्य
पेशाले इन्जिनियर, युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाबाट विद्यावारिधी गर्दै । साहित्य विशेष गरी गध् विधामा विशेष रुची, जन्म दोलखा

सन्तोष कोइराला ... सचिव
पेशाले इन्जिनियर, साहित्यमा विशेष रुची, लेखहरुको प्रकासन, जन्म कास्की

प्रकाश धमला
रेडियोमा साहित्य कार्यक्रमको संचालन, रेडियो प्रस्तोता, गजलकार, जन्म भुटान

डोम काफ्ले
रेडियो प्रस्तोता, नेपाली साहित्यमा रुची, गजलकार, जन्म भुटान

0 comments:

Post a Comment