Wednesday, 2 March 2011

पृथक दृष्टिकोण





लघुकथा
तारा प्रसाद खतिवडा
टोरन्टो, क्यानडा



“बैनिको भाडा चै खै नि ?”
“यत्रो बालखको पनि भाडा लाग्छ ?” कन्डक्टरको प्रत्यूत्तरमा आमा चै ले भनिन् ।
“सिट पुगेन, छोरीलाइ काखमा राख्नुस ।” कन्डक्टरले दप्कायो ।
“खै बैनि , यता मेरो काखमा बस ।” छेवैको भुस्तिघ्रे यात्रिले मौका चुकाएन ।
“आमै, अर्काकी तरुनी छोरीलाइ काखमा बस भन्न लाज लाग्दैन ।” आमाले छोरी प्रतिको पृथक दृष्टिकोण प्रस्तुत गरिन ।

0 comments:

Post a Comment