Monday, 28 February 2011

अ. ने. सा. स. कोलोराडो च्याप्टरले आफ्नो नियमित कबि गोष्टी कार्यक्रम सम्पन्न गर्‍यो ।





आचार्य प्रभा/ डेन्वर
फेब्रुवरी २८/

अ. ने. सा. स. कोलोराडो च्याप्टरद्वारा आयोजित कबि गोष्टी कार्यक्रम बासुदेव खनाल र सम्झना आचार्यको निवासमा यही फेब्रुवरी २६ का दिन सम्पन्न भएकोछ । कार्यक्रममा नेपालबाट आउनुभएका श्री ललित शंकर योगी ज्यु र कथाकार तथा गजलकार मनु ब्राजाकीको पनि उपस्थिती थियो ।

पदम विश्व कर्माद्वारा संचालित् उक्त कार्यक्रममा रचना बाचन गर्नु हुनेहरुमा डा.बिजय राज शर्मा,प्रमिला शर्मा,मनु ब्राजाकी,बिजय देव अधिकारी, निर्मल प्याकुरेल,मिना पौडेल,केशब आचार्य,बासु देव खनाल,सम्झना आचार्य,राजु सिटौला,आचार्य प्रभा,कुमार कार्की र पदम विश्वकर्मा हुनुहुन्थ्यो।

कार्यक्रमको अन्त्यमा श्री ललित शंकर योगीज्यु द्वारा छोटो जीवन दर्शन र योगा सम्बन्धी प्रवचन प्रस्तुत भएको थियो। श्री योगी ज्युले क्रायक्रममा हामी सबै राष्ट्रका भक्त हौँ । राष्ट्रलाई स्वस्थ्य,स्वच्छ र समर्पित युवा शक्तिको खाँचो छ । हामी जहाँ रहौँ स्वस्थ्य रहौँ र आफ्नो मातृभूमीलाई नबिर्सौँ भन्ने जस्ता आव्हान दिनुभएको थियो । वहाँले कोलोराडोबासी साहित्यानुरागीहरुलाई प्रवासमा बसेर पनि नेपाली माटो र नेपाली भाषाको कदर गरेर यस्तो कार्यक्रम प्रत्एक महिना संचालन भएकोमा हार्दिकता प्रकट गर्दै यस् कार्यक्रमको दिर्घ जीवनको कामना गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा जलपानको पनि ब्यवस्था गरिएको थियो र जलपान तयार गर्न सहयोग गर्नु हुने माया लामिछानेलाई पनि यो कार्यक्रमका सम्पूर्ण सहभागीहरुले धन्यवाद ज्ञापन गरेको थियो । सदा झैं कार्यक्रमलाई आफ्नो क्यामेरामा सुरक्षित गरेर कार्यक्रमलाई अझ बिस्तार गर्न श्री शैलेश पोख्रेल ज्युले सहयोग गर्नु भएको थियो ।

0 comments:

Post a Comment