Wednesday, 16 February 2011

गज़ल-कृष्णपक्ष

कृष्णपक्ष



अंगालोमा यसै गरी, बाँधी रहुँ आज प्रिय
कि आँखामा सजाउँ म, राखूँ मुटु माझ प्रिय

हाँसी र'नु सधैभरि खेल्नु आँखा वरिपरी
चाहिएन सोह्र शृंगार, कुनै सज्जा, साज प्रिय

बनाउनू राजधानी, मन भित्र ठाउँ हेरी,
यो छातीको शहरमा, गरी बस्नू राज प्रिय

वादलुको घुम्टो भित्र जुन कहाँ सुहाउछ ?
खोलिदिनू यौवन त्यो , नमानेर लाज प्रिय

फूलपनि लजाउँछ फक्रिएको वैंशदेखि
प्रेम नै हो रुप आभा सौन्दर्यको ताज प्रिय ।


0 comments:

Post a Comment