Tuesday, 25 January 2011

अ//कथा भित्रको कथा

निराजन प्रभात लुइटेल
झापा नेपाल

हाल: दोहा कतार





अ//कथा भित्रको कथा(एक)

यदी समय सोमरस भए म तनतनि पिउथे होला।समय बलवान रहेछ भाइ सक्दिन,यो सँग जोरी खोज्न।म उ बेला देखि समिप छु समयको तर पनि चिनजान भा छैन। मरुभुमिमा कायल भा'छु,के यो मुटु दुख्ने दबाइ छ हजुर सँग । म हात बढाउछु,अह बोल्दैन समय। हुन त समय आफै पनि मलहम हो घाउको। समयको प्रवाह सँगै कोत पर्व,भण्डारखाल पर्वको त खाटा बसेको छ यो ०५२ के होर? सबैले भुल्ने छ त्यो क्रान्ती,त्यो बलिदान ।के जीवन सस्तो हुनाले हामी हाम फाल्या होर त्यो मरणको खेलमा? के मलाइ घर परिवारको माया थिएन र? यहाँ देश भक्ती छैन भाइ छैन। यहाँ एक रातमा करोडौ जना सहबास गर्छन्। लाखौ जनाको गर्भ रहन्छ,अनि लाखौ जनानै जन्मिन्छन्। तर एक जना देश भक्ती जन्मिदैन त्यो लाखौको जमातमा। मेरो आँखा अगाडी मान्छे मर्या देख्या छु,यो हातले नै कतिलाइ मार्या छु भाइ।

एकोहोरो बोल्दा बोल्दै रोकिन्छन हितमान दाइ। मरुभुमिको चिसो हावाको एक झोक्का कोठामा पस्छ म झ्याल लगाउँछु। वातावरण सुन्यप्राय छ,मात्रै हितमान दाइ अनि म छौ कोठामा। हितमान दाइ एक लडाकु,क्रान्तीकारी योद्धा(उनको भाषामा)। उनि मलाइ त्यो कथा भन्दै छन जुन उनले भोगेका छन्,अनि देखेका छन जीवनलाइ मृत्युलाइ नजिकै बाट । पेप्सिको बोतलमा भरेर राखेको पानीको घुट्को मार्दै फेरी बोल्छन हितमान दाइ, भाइ त्यो ताका हामी भोकभोकै २,४ दिन सम्म पनि जंगलको बाटो हिंड्नु पर्‍यो । बाटोमा भेट्या सबै बस्तु खाउँला जस्तो हुन्थियो,पानीको भरमा ५ दिन सम्म बसेको याद ताजै छ । त्यो बेला घरको याद कति आउँने । प्यारी आमाले खान बोलँउदा घुर्की लगाएको झलझली आँखामा आउँदा कति आशुहरु शाहीद भए ।वनको काँडाले रोप्दा कति बाबालाइ सम्झिए।छोरा नजान त एक्लो छोरानै हामिलाइ छोडेर गए पछि हाम्रो हेरचाह कस्ले गर्छ?झलझलि आयो बाबाको त्यो रुन्चे अनुहार।देश लाइ एउटा दिशा दिन हिडेको म त्यो बेला,आज सम्झिदा हासो लाग्छ,म कति मुर्ख रहेछु।अम्लामा गनिने सिमित मान्छेको लागि पो हाम्रा सोझा साथिहरुले ज्यान दिएका रहेछन्।

केहि छिन गम खाए हितमान दाइ,उनको मुहार रातो पिरो भा थियो,आँखा सजल थिए।उसको दिलको आवाज म सुन्न सक्थे,उनको त्यो भक्कानिनु को मर्म बुझ्थे म।तर म पनि मौन भए अनि उनैको कुरा सुन्न लालयित भए।अनि दाइ अरु सुनाउँनुस् न।मेरो बोलि सुनेर उनि झस्किए,ए!उनि फेरी कुरालाइ अगाडि बढाउन थाले।भाइ मेरो दिमागमा त्यो घाटना ताजै छ जुन दिन म कालको मुख बाट उम्किएर आएको थिए । कुरो २०५९ साल तिरको हो,हाम्रो पार्टिले देश भरिनै जनसरकार गठन गर्दै थियो,हामी त्यो काममानै लागेका थियौ ।पहाडि धरातलको एउटा गाँउमा आज हाम्रो बैठक थियो,सबै जना त्यहा भेला भएका थियौ।पार्टि कमिटिका क्षेत्रीय प्रमुखको पनि त्यहा उपस्थिति थियो।
प्रमुख अतिथिको साथै सबै गन्यमान्य को आशनग्रहणको कार्यक्रम सकिए पछि अब बैठक सुरु हुनै लागेको थियो।एक्कासि कोहि कराएको आवाज आयो-आर्मि आयो,आर्मि आयो,,,,त्यो आवाज सँगै सबै सजग भए,सबै आ-आफ्नो ठाँउ बाट ज्र्याक जुरुक्क उठे।एक्कासि नजिकै बन्दुक पड्केको आवाज पनि आउन थाल्यो।त्यो मेरो जिवनमा पहिलो पटक थियो,यति नजिकै बाट गोलि चलेको।मेव्रो सातो पुत्लो उड्यो।अरु बेला जतिनै फुइ लगाए पनि यमराज नजिकै रंगमडिदा को डराउदैन र।अब के गर्ने?कसो गर्ने?त्यहा सबैको भागाम्भाग हुन थाल्यो।को कहा गए को कहा?कसैलाइ पनि अरुको बारेमा सोच्ने फुर्सद थिएन।अब हमि बसेको भवनमै गोलि बर्षा हुन थाल्यो।एउटा गोलि मेरो कानै छेउबाट हुइकियो।हे!भगमान मलाइ मर्न मन छैन,मलाइ बचाउ । म अब देव भक्त भए । राम नाम लिन थाले । भाग्ने ठाँउको खोजमा मेरा आँखा यता उता डुल्न थालेका थिए । पर कुनामा मैले झ्याल देखे,म के खुशी भए,मनमा केही आशा पलाउँन थाले ।साँच्चै मान्छे कति अचम्मको छ जीवनमा धेरै गर्छु भन्छ,फुइ लगाउँछ ।तर जाभा मान्छे मरणको शरणमा पुग्छ उ शुन्या शुन्या हुन्छ । झ्याल बाट म पनि छिर्न थाले ।गोलिको बर्षा हुँदै थियो ।जीवन मरण को त्यो संघारमा थियो । भवन बाहिर पुगे ।अनी भागे ओरालोनै ओरालो ।त्यो बेला मलाई अरु केही पनि थाहा थिएन,मात्रै जीवन जोगाउँनु थियो ।म एक नास भागी रहे । मेरो त्यो बेलाको भगाई साँच्चै हाँसो लाग्दो थियो ।अनी ठिट लाग्दो थियो । म धेरै पर पुगेर एक पटक त्यो भवन तिर हेरे ।त्यो ठाँउमा अझै गोली बर्षा हुँदै थियो ।

मैले म उभिएको काल्ला छेउमै एउटा घर थियो ।मैले आज को रात त्यो घरमै बिताउने बिचार गरे ।अनी लागे त्यो घर तिर । घरमा पुगेर लामो श्वास लिए ।सल्लो झै सुस्काए ।अनी घरको ढोकामा आवाज दिए ।तर घरबाट कुनै आवाज आएन ।

हजुर कोइ हुनु हुन्छ घरमा?फेरी मैले बोलाए ।
भित्र बाट सानो आवाज आयो को हुनुहुन्छ बाहिर?
म बुढो एक्लै छु घरमा कस्लाइ खोज्नु भएको?
म हजुर बटुवा मैले गोलबोलिमा भने ।
बुढा खोक्दै उठे ,कहाँ बाट आउनु भएको कहाँ जना लाग्नु भएको कुन्नी?आज भोली जमना खराब छ । राम्रो गर्दा पनि नराम्रो मात्रै हुन्छ ।
फेरी बुढा मज्जा सँग खोके ।मुटुको दम नै निस्किने जस्तो भो ।
ल आउनुस् भित्रै हजुर खोक्दै खोक्दै मसिनो श्वर मा बोले बुढा ।
लौ हजुर गरीबको घर त्यो जस्केनोमा गुन्द्री छ अनि यहाँ कम्मल लिनुस् अनि सुत्नुस् ।
खाना पिना बनाउने मान्छे पनि छैनन हजुरले खानु भएको थियो कि थिएन कुन्नी?
बा मैले खाना खाएको छु,मात्रै सुत्ने मेलोमेसो भए हुन्छ ।म पनि गरीब नै त हु,एक रात काट्नु छ जे जस्तो भए पनि हुन्छ ।

अगेनोको छेउमै म सुत्न तयार भए ।अह निन्द्रा लाग्दै लागेन ।त्यो गोली अझै चल्दै छ जस्तो लागि रहयो ।अबा म सुरक्षित छु भनेर त्यो पापी मन मान्न तयार हुँदै भएन । यसो बुढा तिर हेरेको बुढा पनि छट्पटिदै रहेछन निन्द्रा नपरेर ।

बा!

हजुर बाबु

अनि हजुर एक्लै घरमा?आँपतकाल का भर पर्दा लठ्ठि,अभिभरा थाम्ने घरका दलिन,निदाल म त रित्तै पो देख्छु,भय,आसंका र सुसाइरहने सन्नटा बाहेक यहाँ काहि-कोही देख्दिन नि म त?

बुढा उठेर धिप्री जलाए,कोठा केही उज्यालो भो ।बुढाको अनिहार बर्षिन आतुर बादल झै थियो ।मलिनो श्वर मा बोले बाबु झुठो आश्वसन दिएर घिसार्नु जस्तै छ यो मेरो बचाँई,जीवन भोगाइ । बुढा रुनपो थाले,बुढाको आँशुले म पनि नरोइ रहन सकिन ।सुटुक्क २ थोपा आशु आँखाअको बलेसी बाट गालाको पहरा हुँदै जमिनमा बगाइ दे ।बा किन रुनु हुन्छ?के भो?मलाई आफ्नो नै मानेर सबै भन्नुस् ।
छोरा! म छोरा यो शब्द सँगै झस्की ।अनि सम्झिए मेरो बाबा लाई कतै मेरो बाबा पनि यसरीनै रुदै त छैनन?
हजुर बाबा भन्नुस्

बाबु मेरो जीवन खुशी जीवन थियो,हामी सबै जीवन खुशी साथनै बिताउदै थियै ।तर समय पनि कति कुटिल छ अनि कति निर्दयी ।लुट्यो समयले मेरो (हाम्रो)खुशी,अनी मलाई एक्लो बनायो ।

किन र के भो?मैले पनि जान्न चाहे ।
बाबु मेरो एक जना छोरो मात्रै थियो,राम्रो नै थियो उसको पढाइ ।कक्षा ९ मा पढ्दै थियो ।एक दिन स्कुल गएको मान्छे फर्किएन ।१,२,३,४,५६,७ हप्ता नै बोत्यो थाहा भएन्,कति ठाँउ खोज्यौ तर पत्ता लागेन ।छोरा हराए देखि बेहोस् भएकी उसकी आमा छोरो हराएको ९ औँ दिन परलोक भै ।अब मेरो थाप्लामा दुई दुई वटा चोट ।म पनि बेहोशी नै भए ।२,४ दिन मेरो पनि होस् आएन ।४ दिन पछि पनि होस् मा आए ।अनी जे सुने म छाँगा बाट खसे झै भए । मेरो छोरो माओवादी भा' छ रे ।मैले टेकेको धरति नै फाटे जस्तो भो म फेरी भाकान्निए ।बुढाले गह भरी आँशु पर्दै उनको जीवन को कहाँनी सुनाउदै गए ।
बाबा अनि आज भोली हजुरको छोरा खोइ त?
बाबु सबै यो दैबको खेल हो दैव सँग कसैको केही लाग्दैन ।उसले जे चाहन्छ त्यो गर्छ,उसलाइ सबैको दया छैन कसैको माया छैन ।
बाबा के भो मलाई सिधा भन्नुस् ।
बाबु मेरो छोरो पनि सेना सँगको दोहोरो भिडन्तमा परलोक भए छ । त्यो दिन देखि म एक्लाई छु,यो घर एक्लाई छ नि म काल लाइ कुर्दै बसेको छु ।

बाबा साँच्चै हजुरको मुटु त दरो रहेछ ।यस्तो बिशाल आपत लाइ पनि पचाउदै जीवन सँग खोल्दै हुनु हुन्छ । त्यो समयमा फेरी मेरो घर परीवारलाइ सम्झिए ।मेरो बाबा मन मनै आमा बाबा को नाम लिए ।कुरा गर्दा गर्दै खोइ कुन बेला निदाए छु थाहानै भएन ।बिहान आँखा खोल्दा त घाम को किरणले सिरानीलाइ ताक्दै थियो ।


उठेर बाबा सँग बिदा भए ।मन मा अझै एउटा बोझ थियो ।मैले बाबा लाइ मओवादी हु भनेकै थिइन ।त्यो झुठको बोझ बोक्दै म लागे हाम्रो आधार शिवीर तिर ।


फेरी हितमान दाइ रोकिए ।दाइ के भो अनि के भो भन्नुस् न मलाई सुन्न कस्तो मन लाग्दै छ ।
भाइ भन्छु म मेरो जीवनलाइ ।ति दिन सम्झिदा आज पनि दु:ख लाग्छ,तर के गर्नु ।गरीबको छोराको जीवन ।थुइक्क
भाइ जब म बेस क्याम आए,मैले जे सोचेको थिए ठीक तेस्को उल्टो भयो । पाटिले त मैले धोका दिएको भनेर मलाई कारवाइको सिफारीस् गरे छ,त्यो ज्यान जोगाउने चक्कर मा रात भए गायब हुनुलाइ साइ सेना सँगको मिलेमहत्तो ठान्दै १ महिना मैले श्रम शिवीरमा बिताउनु पर्ने फैसला गर्‍यो ।एक अबोध बालक झै म पनि सजाय भोग्न थाले,एक कैदिको जीवन सुरु भो मेरो ।कति कष्ट हुन्छ श्रम शिवीरमा त्यो त भोग्नेलाइ नै थाहा हुन्छ ।बिना गल्ती सजय पाउँदा म नदुखेको पनि कहाँ होर रता पनि किन किन मैले प्रतिबाद गरिन ।आज सम्झिदा मलाई नै अचम्म लाग्छ । म यता त्यो सास्ती खेप्दै छु उता घरमा साइ सेनाले मेरो पारीवार लाइ सास्ती दिन थाले छ ।कस्तो नि नियती ति दुखी गरीब बुढा बुढिको । गरीबिलाइ हटाउँन हिंडेको म,बेकारमा सास्तिमा पो परे ।

भाइ मार्छे मर्नु त त्या एउटा खेल हुन्छ।दुस्मन भन्ने साथै मर्नेनै आदेश हुन्छ।पुरानो राज्य लाइ ढाल्दै नयाँ राज्य सत्ताको स्थापना भन्ने मुल नारा थियो हाम्रो।तर खोइ कहाँ पुरानो राज्य सत्ता ढल्यो।पुल जल्यो दुख कस्ले पायो।टेलिफोल लुटियो सास्ति कस्ले पायो जनताले कि सरकार ले?सरकार त भत्ता पचाउँदै टाउँकाको मोल तोक्न आतुर थियो।भाइ यो हातले कति गरिब दाजु भाइको लाश बोकेको छु।कतिलाइ अलि अलि सास हुदा पनि छोडेर ज्यान जोगाउना बिबस हुनु पर्ने पनि हुन्थियो।जीवनको त्यो पल खोइ म कसरी भन्नु तिमि लाइ शब्दमा उतार्नु कठिन हुन्छ।पर्टिमा पनि ठुला भनाउदाको राज हुन्छ,उनिहरुको नोकरनै हुनु पर्छ हामि।जहा पनि मर्ने गरीब अनि तलकै त हो नि?आज त घिन लाग्छ आफै सँग्,कतिको सिउदोको सिन्दुर उडाएउ ।युद्धमा जे पनि जाएज हुन्छ भाइ,मेरो यो हातले मेरै काकाको छोरो लाइ पनि मारेको छु,अह काप्दैन हात मार्नत्यो बेला । दुस्मन शब्द सगै घृणा हुन्छ । बाबु नै भए पनि गोली हान्न डर लाग्दैन भाई नसानै हुन्छ । मात्रै पार्टिको बाटो प्रिय हुन्छ ।एक एक महिना सम्म श्रम शिवीरमा बस्दा पनि बिना गल्ती अह किन किन पार्टिकै माया हुने,कस्तो त्याग कस्तो आफ्नोपन खोइ कहाँ बाट आउछ कहाँ बाट भाइ ? भाइ तर आज खोइ मैले के पाए ?योद्धा भए र सबै गुमाए तर हात लाग्यो सुन्या ।आज त घृणा लाग्छ ति अनुहार को अनि थुक्न मन लाग्छ त्यो नितीलाइ ।

भाइ यो सारदिय धरतिमा चन्द्रमाको उपस्थितिमा यस्तै कति रात हरु समाप्तिएका छन स्मृतिको अमर पाना बनेर ।जीवन नै एउटा किताब हो भाइ कति सुन्छौ मेरो पिडा अनि दु:खको दिन?आगतको आँगनीबाट बिगतको सम्झनामा फर्किनु कति मिठो हुन्छ ।बिगत जतिसुकै तितो,बिरुप्,अनकन्टार भए पनि आगत भन्दा बिगत प्रिय लाग्दो हुदोरहेछ भाइ ।त्यो प्रीय बिगतको सुखद स्मृतिमा बाँचिरहेछ वर्तमान ।
भाइ कति बिचार गरे कति बाटो खोजे भनेर साध्य छैन ।तर म ब्यक्त हुन सकिन ।एउटा ब्यथा बोकेर बाँचिरहेछु ।सम्झन्थे म कहाँ बाट कहाँ आइपूगे ।दँजाएर हेर्थे आफ्ना अनुभुतिलाइ र निष्कर्ष मा पुग्न चाहन्थे,मेरो बाँच्नुको कुनै मुल्य छ कि छैन?कसरी मुल्यहिन गुज्रीएर गएका छन म माथि बाट युगका ति बलिष्ट पांग्राहरु त कति निकृष्ट हुर्केको छु म ।एक-दुई-तीन गर्दै पल्टिन्छ ईतिहास मेरो जीवनको त तेसैमा म आफ्नो मुल्य खोज्छु ।अनी प्रश्न आउछ मेरो मगजमा- कस्ले मेरो कुना मुल्य दिन सक्छ?के महत्तो दिन सक्छ?मेरो कुन स्थान छ यो युगमा?मलाई भनेर बाँच्नुको कुन ढाढस् छुट्टीयाएको होला?के न्यास दिन्छ मलाई सभ्यताले अनि प्रगतीले?के पुरुष्कार दिन्छ मलाई मानवताले?कुन कुनो हो मेरो स्थान?कुन दुनो हो मेरो स्वर्थी पेट भर्ने?यस्ता धेरै प्रश्न छन भाइ म सँग यस्को जवाफ छ तिमी सँग तिम्रो देश सँग अनि मेरो हामीले बलिदान दिएर सत्तामा पुगेका नेता सँग?

हितमान दाइ आवेग मा पो आए?उनले धेरै उनुतरित प्रश्न गरे जस्को जवाफ म सँगा के सरकार सँगा अनि छैन ।


भाइ म पनि जीवनलाइ प्रेम गर्छु । जीवन चाहन्छु,दु:ख सुख भोग्न चाहन्छु ।तर खोइ मेरो मर्म बुझेको ।देशको युद्धमा जिउ ज्यान गरेर ६ ७ बर्ष लडेको किन भाइ किन?यो मरु भुमिमा पसिना बगाउँन? हाम्रो देश साँच्चै सतिको सराब परेकाइ देश हो रहे छ ।एक जना गर्न खोज्छ अर्को गर्न दिन्न ।अनी कहाँ हुन्छ देश बिकास? तिमी जस्ता युवा सबै मरुभुमिमा छौँ ।देश हाँक्ने आधार नै देश मा नवए पछि के हुन्छ देशमा?ति दाँत नभएको बुढा हरु नै कति राज गर्छन ह भाइ देशमा?

हितमान दाइ एक पछि अर्को प्रश्न को गर्न थाले,मा के भन्नु के भन्नु भए ।
दाइ म यो बिषय जान्दिन,म राजनीती बुझ्दिन पनि ।अनी बुझ्न चाहन्न पनि । चर्को कुरा हुँदै थियो हितमान दाइ सँग एक्काशी मेरो मोबाइल मा म्यसेज आयो ।म्यसेज मेरो कम्पानीको थियो ।यसो घडी हेरेको त १ पो बज्न थालेको रहेछ ।

दाइ भोली मेरो डिउटी पर्‍यो अब सुत्ने होला होइन ?हितमान दाइले पनि हुन्छ भने पछि म पनि निदाउने प्रयास मा लागे तर निन्द्रा पर्दै परेन मात्रै दाइ को कुरामा अन्झिरहे । ।


समाप्त




अ//कथा भित्रको कथा(दुई)
image for illustration purpose only


मेरो मन पुल्कित भएको छ । युद्धका मिसाल हितमान दाइ आज मसँग हुनुहुन्छ । फेरि यो युद्धको वयान सुन्न कान आतुर छन् । बेलुकीको खाना खाएर हामी बस्यौँ युद्ध बयान सुन्न /सुनाउँन।

भाइ आज म रित्तो नितान्त एक्लो छु । म भित्र एउटा मूल्यहीन मुटु,अपराधका खाटा बसेका दुई-तीन खतहरु अनि एउटा सास फेर्ने फोक्सो यति मात्रै छ । भित्र भित्रै खोक्रो मेरो जीवन लाग्छ पृथ्वीको भार हो । अझै पनि म रातमा राम्रोसँग सुत्न सक्दिन । ती मृतआत्माले मलाई तर्साइ रहन्छ । लाग्छ संसार बर्बाद नियतीको खेलको झुपडी रहेछ । त जीवन त्यसको प्रारुप खरानी मात्रै । यसरी जिउँनुको के तुक भाइ ? अतीत मेरो जीवनको आगतको खतरनाक पाटो भएको छ। अतीतले आत्मालाई (बिलयनर)? पागल बनाइ रहेछ हरपल हरघडी,जुन अवस्थामा यात्रा आज मेरो तिरस्कृत छ,
पागलपनको भिकारी छ,बिपनाको ब्यथा सपना छ । त्यसैले मेरो जीवन मात्रै स्वार्थको छट्पटाइ बाहेका केही होइन । मेरो जीवन भोगाइ अपरिभाषित अनि विवादित ठाँने पुग्छ । त्यसैले आजसम्म मर्नको डरले बाँचेको छु, बिछोड्,पीडा अनि कुण्ठको तुवाँलोमा रुमलिंदै ।

मैले एकोहोरो सुनिरहेँ हितमान दाइको कुरा । साँच्चै मानिसको बाहिरी आवरण केही पनि होइन,भित्र भित्रै कति पीडा कुण्ठा लुकाएर मान्छे संसारलाई मुस्कन उपहार दिन्छ । अनि दाइ अरु भन्नुस् न युद्धको कथा-मैले कुरालाई अगाडि बढाँन अनुरोध गरे ।

तन्द्राबाट भंग भए झैँ हितमान दाइले ए ! भन्नु भो, मत कतापो हराउन पुगेछु अतितमा । के सुन्छौँ भाइ त्यो दुखद पाटोलाई ? किन बेकारमा पीडित मुटुको घाउ उप्काउनु ।

होइन दाइ त्यो पीडामा सत्यता छ, सत्य जति नै तितो भए पनि सत्य सत्यनै हो हुन्छ हुनेछ।

भाइ जुन सुकै स्थान,संस्था,संगठनमा राम्रा नराम्रा दुबै खाले मान्छे हुन्छन् ।मीठा पलहरु हृदयको खण्डहरमा भाँसिन्छन् । तर आत्मा कुडाउँने ती पलहरुले सताइरहन्छन् युगौँ युग । अनि एउटा कुरा थाहा छ तिमीलाई ? ईतिहास सँधै (जहाँपनि) जित्ने कै नाममा लेखिन्छ । अनि मिचाहा नै नायक हुन्छ । सोझा सादा सधैं तलको तल नै हुन्छ । मेरो कथा जति सुने पनि जति लेखे पनि मात्र शब्दमा सिमित हुन्छ । सधैं अधुरो हुन्छ मेरो कथा जसरी मेरो सपना अधुरो भयो/लाग्छ जीवन भर अधुरै हुने छ ।


बोल्दा बोल्दै दाइका आँखा सजल भए,अनि अतीतमा हराउँदै टोलाउँन पुगे हितमान दाइ । दाइ के भयो ? मेरो शब्दसँगै दाइ पुन: झस्किए ।

भो भाइ अब धेरै वयान गर्न सक्दिन त्यो कालो अतीतको । खाटा बस्न लागेको घाउलाई फेरि किन उप्काउँनु ।

दाइको यो कुरासँगै मेरो मन पनि निरास प्राय भो । एक मनले भन्यो विचराको दर्दलाइ किन बल्झाउनु ? तर मेरो मन मान्दै मानेन । यो पापी मनमा ती घटना सुन्ने चाहना चुलीचुली भएको थियो ।

फेरी कर गरे दाइ कृपया भन्नु न पीडा बाँड्यो भने कम हुन्छ, मनको आवाजलाई शब्दद्धरा बहिर निकल्नुहोस् दाइ । मेरो लाखौं बिन्तीलाई नकार्न नसकेर दाइले फेरि कहाँनी सुनाउँन थाल्नु भयो ।

भाइ क्रान्तिकारी लालसेनाहरुलाई यौन कार्य पूर्णतया बन्देज हुन्छ। यौन एक युद्धको सत्रु नै हुन्छ । तर तिमीलाई म एक दिनको घटना भन्नु त्यो सुने पछि जस्ले पनि एकपटक झस्किन्छ। पहाडी ठाउँमा मेरो इलाका थियो । हामी त्यो दिन १५,२० जना गाउँ गुम्न गएका थियौ। दिनको यस्तै ३-४ बजेको हुँदो हो । एउटा घरमा भुटेको मकै र मोही खाएर निस्किन मात्रै लागेका थियौँ । एक्कासी सेनाको गस्ती गाउँ पस्दैछ भन्ने खबर सुन्नमा आयो । अब हामी सबैको होस् अवास् उड्यो । आधुनिक हतीयारले सुसज्जित उनीहरुको २०० जनाको जत्था अनि भरुवा बन्दुकको साथका हामी १५-२० जना । त्यहाँ मुडभेट गर्ने कुरा त सोच्नु पनि मुर्खता हुन्थियो । तेसैले भाग्नुनै उत्तम ठानी हामी भाग्न थाल्यौँ । जंगल भीरपहरा हुँदै हामी भाग्दै गयौँ ।


भाग्दा भाग्दै एक्कासी एक युवतीको आइया भन्ने आवाज मेरो कानमा पर्‍यो । पछाडि फर्केर हेर्दा र आफ्नै कमरेड नुतन। उनी आफ्नो पेट छाम्दै भुइँमा बसेकी थिइन् । अब आपद पर्‍यो, जंगलको बाटो त्यसमाथि पनि लुक्दै भाग्नु पर्ने, साथी बिरामी। कस्तो आपद.....?


म नुतनको नजिकै पुगेर सोधेँ के भो कमरेड ? पेट दुख्या हो ?

उनि मेरो प्रश्नको उत्तर दिन भन्दा रुन पो थालिन् । कमरेड नरुनुस् के भो ? मैले सोधेँ । उनको आँखामा केही लज्जा देखिनथाल्यो । कतै मेरो मनले सोच्यो, होइन होइन कसरी हुन सक्छ त्यो । एक लाल सेना कामरेड । नुतन कुरा के हो चाँडो भन्नुस् ? कामरेड म दुई जिउकी छु । मेरो पेटमा बच्चा छ पाँच महिनाको । आजको कुदाइको जोडले शायद बच्चालाई असार पर्‍यो होला तेसैले मेरो पेट दुख्दै छ । लाग्छ अब मर्छु । आँखाबाट तमोर नदी बगाउँदै गला रोकिदै उनले आफ्नो पीडा पोखिन् । रीस उठ्यो । म लालसेनामा भर्ती हुँदा यौन युद्धको प्रथम दुस्मन भनेर प्रवचन दिने मान्छे नै आज ?

कामरेड यो तपाईं के भन्दै हुनु हुन्छ ? तपाईं होसमा त हुनु हुन्छ ? तपाईं के कुरा गर्नु हुँदै छ नि ? त्यो कुरा पाटीमा थाहा भो भने के हुन्छ हजुरलाई थाहा छ कामरेड ?
उनी पनि जोडले बोल्न थालिन् । मलाई सबै थाहा छ कामरेड । मेरो यो हालत के मेरो इच्छाले भएको जस्तो लाग्छ हजुरलाइ ? हाम्रो पाटीमा पनि भुसिया कुकुरको एक जमात छ, जो बोल्छ एक अनि गर्छ अर्को ।
म हेर्दा हेर्दै लुटिए आफ्नै पाटीको कमाण्डरबाट । तर पनि मैले केही गर्न सकिन । सानो हुनुको घाटा यो हो । हाम्रो आवाज हुँदाहुँदै पनि हामी लाटो हुन्छौँ । अनि पेल्छन् ती उच्च भनाउँदा ब्याधाले।

उनी बोल्दै गैइन । धेरै दिनदेखिको भडास् निकाल्दै थिइन उनी ।

मलाई यो हालतमा ल्याउने हाम्रै पाटीका छेत्रीय इन्चाज हुन । उनले मौका पाउँना साथ मेरो कमजोरीपनको फाइदा उठाउँदै लुटे पटकपटक अनि म लुटिरहेँ बारबार । उसले चाँडै विवाह गर्ने बाचा पनि गर्‍यो । तर आज उल्टै मलाई धम्किदिन्छ । के यस्तै हो त माओको सिदान्त ?

उनको पीडा कमभएकै थिएन । माथिबाट बन्दुकको आवाज आउँन थाल्यो । उत्तरतिरबाट सेनाको फौज हाम्रो पिछा गर्दै रहेछन् । अब के गर्नु एक बिरामी साथीलाई साथैमा लग्दा पनि दुई जना नै मरीने नलाग्दा पनि मनले मन्दै मानेन । नुतन सेना आउँदै छन् यतै चाँडो भागौ । उनी उठ्न खोजिन सकिनन् । अनि भनिन् रुन्चे बोलिमा कामरेड तपाईं भाग्नुस् मेरो पीर नगर्नुस् । अब म थाकिसकेँ जीवनबाट । भाग्नुस् हजुर । उनको गला रोकियो । आँखाले जीवन माग्दै थियो । म भागे त्यहाँबाट ओह्रालो नै ओह्रालो सेनाको गोली छल्दै । मेरो मुटु फुलेर आयो । धेरै पर पुगेपछि रोकिएँ । खोल्साको पानी पिएँ । लाग्यो आज पनि बाँचियो ।
त्यहाँबाट कामरेड नुतनको बारेमा सोच्दै क्याम्पमा पुगेँ । त्यो समयमा रातको ८ बगेको थियो । रेडियोबाट समाचार आउँदै थियो । हाम्खोर गाँउमा भएको दोहोरो भिड्न्तमा एक महिला छापामारको म्रुतु ।
म झस्किए । मेरो होस् उड्यो । मेरो छेउको धरती भाँसिए झैँ लाग्यो । एक अवला नारीलाई मारेर दोहोरो मुड्भेड्को नाम दिने निकम्मा सरकार अनि सेनादेखि झन्न रीस्उठ्यो । त्यो भन्दा ज्यादा रीस त्यो कुमानवसँग उठ्यो जस्ले पाटी नीति बिपारीत एक नारीको अस्मिता लुट्यो, त्यो कारणले आज लालसेनाले एक सुकल युद्धा गुमायो । म के गर्न सक्छु र म पनि त एक तल्लो स्तरको लाल सेना न थिएँ । मनमनै जल्दै सुन्त गए ।

भाइ यस्तै छ हाम्रो पीडा हाम्रो युद्दको कहाँनी यस्ता धेरै कहाँनी छन् । जो कसैले देख्या छैन देखेर पनि लेख्या छैन ।

दाइ निक्कै भावुक भएका थिए । उनको आँखा सजल भएको थियो । साँच्चै एक जनाको कु-भावनाले कतिको जीवनमा प्रभाव पर्छ हौ ? म पनि सोच मग्न भए ।

हातको घडी हेरेको रातको १२:३० भएको रहेछ । बाँकी कहाँनी पुन: कुनै दिन सुन्ने/भन्ने सर्तमा हामी सुत्न लाग्यौ ।

0 comments:

Post a Comment