कथा
सत्यतामा आधारित
लेखिका: सुमित्रा पौडेल, इजरायल
'रिना' सिमालाई असाधै माया गर्थिन् ! मानौ उनी नै रिनाको सबै थोक थिईन् ! धेरै बर्ष अघि देखि केही रोगको शिकार बने पनि औषधी सेबन र सुख सुविधाका कारण उनी भित्र भएको पिडा र शारीरिक अस्वस्थतालाई दबाउँदै खुशी कै संसारमा रम्न चाहन्थिन रिना ! उनको श्रीमान (अब्राहम) पनि रोगी नै भएको हुँदा दैनिक कार्य गर्न अशक्त भएकाले सहयोगीको आबस्यकता महसुस गरी सम्बन्धित स्थानमा मागको प्रस्ताब राखे ! यता सिमाको बाध्यता र बिबशताले हुर्याउँदा उनीहरुको स्याहार सुसारका लागि दुबैको भाग्यले त्यहाँ ल्याई पुर्यायो ! जिन्दगीको हरेक पलसँग संघर्ष गर्दै उनीहरुसँग ४ बर्ष व्यतित गरी सकेकी थिइन् सिमा ! अतितलाई बिर्सदै बर्तमानलाई नै सुनौलो भविष्यको आधार मान्नु भन्दा अरू कुनै बिकल्प थिएन सिमामा ! आफ्नै छुट्टै कथा र ब्यथा बोकेको एक्लो जीवन कालमा श्रीमान र छोरा छोरीलाई नजिकबाट माया दिन र सहयोग गर्न नसके पनि उनीहरुको आबस्यकता पुरा गरिरहेकी थिईन् सिमाले ! यता यिनीसंगका दिनचर्याहरु कहिले रोदन ,कहिले हाँसो त कहिले खुशीले नै व्यतित भै रहन्थ्यो ! आखिर सिमा उनीहरुको सेविका मात्र थिईन् तापनि रिनाको मायाले सिमालाई कता कता गुमाई सकेको आमालाई फेरी पाएको हो कि भन्ने सम्म अनुभूति हुन थालेको थियो ! उनीहरु दुईमा आमा छोरीको भावनात्मक सम्बन्ध गांसिइसकेको थियो ! रिनालाई ईमा (आमा) को आदार र सम्मानले सम्बोधन गर्थिन् सिमा !
घर परिवारसँगको बिछोडको बेदनाले पिल्सिन परे पनि रिनाको माया नै उनको चहराई रहेको घाऊको महलम पट्टि बन्न थालेको थियो ! रिना घरभित्रको सुख सुबिधा भन्दा बाहिरि खुल्ला बाताबरण र साथी भाईसँगको भेटघाटलाई आफ्नो खुशी मान्दन्थिन ! एक गिलास कफी र सानो पिस केकसँग बिहानको समयमा रमाउँने गर्थिन् उनी ! उनको श्रीमानको स्याहार सुसार पश्च्यात बिस्तारामा सुताएर ह्वील चेयरमा रिनालाई राखी बाहिर खुल्ला आकाशमा रमाउने बानी सिमालाई पनि परिसकेको थियो ! आफ्नो तीन छोरा र एक बुहारी र तीन नाति नातिना भएकी रिना किन किन उनीहरुलाई बिर्सन खोज्दै पो छन् की भन्ने लाग्दथ्यो सिमालाई !उनीबाट पाएको सेवा माया नै उनको लागि मनग्य थियो किनकि सिमा आफ्नो धैर्यता ,ईमान्दारिता ,घनिष्टता र आफ्नो काम कर्तब्यबाट कहिल्यै टाढा हुन चाहन्थिनन् ! धर्म प्रतिको आस्था र बिश्वासले उनको मनमा जहाँ भए पनि आखिर सेवा नै धर्म हो भन्ने लाग्दथ्यो ! आफु कर्तब्यनिष्ठ भएर अरुको आत्मालाई सन्तुष्टि पार्न सक्नु नै आफ्नो खुशी र मानव जन्मको सार्थकता उनी ठान्दथिन् !
एक रफ्तारमा गईरहेको समयले रिनालाई पर्खिएन ! त्यो दिन उनको रगत जाँचको दिन थियो ! रगत जाँचको लागि दिई सकेपछि सिमा र रिना सधैको झैँ हस्पिटल भित्रको क्यान्टिनमा नास्ता गरेर एक छिन बाहिर बाताबरणलाई नियाल्ने उनीहरुको आदत भै सकेको थियो ! रिनाको चुरोट खाने बानीको तलतल मेटाउँन पनि उनी एकान्त रोज्ने गर्थिन् ! यसै गरी त्यो दिन समय भयो सिमाले उनलाई भित्र लागिन र रिपोर्टको लागि डाक्टरको ढोका अगाडी कुर्चीमा बस्दै उनको तस्बिर खिच्दै सिमा उनीसंग जिस्किरहेकी थिईन् ! पालो आयो ढोकाबाट छिर्ना साथ डाक्टरले तिमीलाई कस्तो छ ? रिना भन्ने प्रश्नमा सधैको जस्तै उनको उत्तर आयो ! डाक्टरको मलिन अनुहारले सिमाको मनमा चसक्क छोयो! तत्काल डाक्टरले भन्यो आजै तिमी हस्पिटल भर्ना हुनु पर्छ ! रिनाले आफ्नो बेडमा पल्टिरहेको श्रीमानको समस्या र छोराहरुले हस्पिटललाई हेर्ने दृष्टिकोण डाक्टर समक्ष राखिन् तर उनको होमोग्लोबिंन घटेर रगत दिनु पर्ने डाक्टरको कुराले रिना सहमति भईन् ! सिमा कत्ति पनि बिचलित नभई उनको दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै आकस्मिक सेवामा लगी रिनालाई सुताएर भोलि पल्ट बिहान भेट्ने बाचा गरी उनको श्रीमानको रेख देखका लागि रितै घर फर्किन ! १ घन्टाको बाटो घर र हस्पिटल गर्नु पर्ने सिमाको काम बढे पनि धैरे र संयम बनि सक्दो सेवा पुर्याईरहिन ! उनी रिनाको जीवन कथा सम्झदै अनेक तर्कनामा मन डुबाउँदै आफ्नो दैनिक कार्य सकेर बिस्तारामा मात्रै के पल्टेकी थिइन् दिन भरिको थकाईले फुसुक्क निदाईन् ! उनले सपनामा रिना आफ्नो काखमा पल्टिएर परलोक भएको देखिन् आँखा खुल्ला साथ उनको सम्झनामा आँसु बगाउँदै उनलाई फोन गरिन् उनको उत्तर मात्रै चाडै आऊ भन्ने थियो ! रिनाको स्वास्थ्य लाभको लागि भगवानसँग प्रार्थना गरी बत्ति जलाएर दैनिक कार्य सकेर उनको सेवाको लागि हस्पिटल लागिन् सिमा ! केही घण्टा पश्च्यात फर्किएर घर आउँदा बालेको बत्ति माथि राखिएको लक्ष्मी सरस्वती सहितको फोटो तल झरी राखेको देख्दा रिनाको त्यो अबस्था ,उनको स्वास्थ्य लाभको कामना गरी बालिएको बत्ति नजिक झरेको भगवतीको फोटोले रिना माथिको बाँच्ने आशा सिमालाई धेरै कम भयो किनकी उनी भगवानमा पनि बिश्वास गर्थिन् ! तै पनि रिनालाई बचाउँन सिमा आफुलाई कुनै प्रबाह नै नगरी लागिरहिन्!
एक हप्ता पछि रगत र शरीरको सबै जाँचको रिपोर्ट आयो ! ब्लड क्यान्सर भएको कुरा डाक्टरले सुनाए ! रिना ब्यहोल बनिन् र आफ्नो बाँच्ने ईच्छा डाक्टर सँग राखिन् ! उनको छोरा बुहारी र नाति नातिना केही समयको लागि भेट्न मात्रै जाने गर्थ्ये तर सम्पूर्ण जिम्बेवारी सिमामा नै थियो ! तत्काल सिमालाई फोन गरेर तुरुन्त आउँन अनुरोध गरिन तर उनी अब्राहमलाई छाड्न असमर्थ थिईन् किनकी सिमा त्यति बेला उनको सेवामा तल्लिन थिइन् ! २ घण्टा भन्दा अगाडी हस्पिटल जान सक्ने अबस्था नै उनीमा थिएन तै पनि १ घण्टा भित्र काम सकेर त्यहाँ पुगिन् ! रिना सिमालाई देख्ना साथ एक्कासी बेडबाट झम्टदै आफुलाई ब्लड क्यान्सर भएको र डाक्टरले उपचार पश्च्यात सन्चो हुन सक्ने आस्वाशन दिएको कुरा सिमालाई बताईन ! उनी देख्दा अति सुन्दरी र जम्मा ७४ बर्षकी मात्र थिईन् ! 'म बाँच्न चाहन्छु' सीमा भन्ने उनको बाक्य सुन्ना साथ उनको मुटुमा छिया छिया बनायो, एक आपसमा अगालोमा बाधिएर उनको जीवन रक्षाको लागि कसम पनि खाईन सिमाले !
त्यति बेला सिमाको धेरैता ,साहस ,लगनशिलता र सहनशीलता नै ठुलो कुरा थियो ! डाक्टर आएर घर लैजाने अनुरोध गर्यो !हरेक हप्ता घर र हस्पिटल गर्दे तेस्रो हप्तामा बितिसक्दा उनी धेरै कमजोर बनिसके थिइन् तै पनि आफ्नो पिडा र व्यथालाई बिर्सिन चाहन्थिन ! उनको शरीरमा रगत कम हुँदै गएका कारण पर्सि रगत दिने र क्यान्सरको औषधी सुरु गर्ने सल्लाह डाक्टरले दिए अनुसार सिमाले उनलाई हस्पिटल लगी रगत चढाउँदै गर्दा उनको बोलीमा धेरै परिबर्तन आएको र उनलाई एकछिन पनि नछोडेको कुरा डाक्टरलाई बताईन् फेरी डाक्टरले भर्ना लेखिदियो र सिमाले उनको छोरालाई फोन गरीन् तर सीमाको कुरा उसले पटक्कै सुनेन उल्टो अझै १५ मिनेटमा म आईपुग्छु आमालाई बाहिर ल्याईराख्नू ! यो बाक्यले सिमाको मुटुमा फेरी छुरी प्रहार गर्यो र डाक्टर र स्वंम आमाले अनुरोध गर्दा पनि छोराले हस्पिटललाई घृणा गर्न छाडेन ! आखिर हस्पिटलको के नै दोष थियो र ? हस्पिटलको उपचार देखि रिना सन्तुष्ट थिइन् ! उनलाई क्यान्सरले छोईसकेको थियो त्यही माथि पनि ब्लड क्यान्सर आशा त कमै थियो तै पनि''सास रहुन्जेल आस हुन्छ '''भन्ने सिमाले बिर्सिएकी थिईनन् आफुले जन्मदा जे ल्याएकी थिईन त्यही जीवन व्यतित गर्दै थिईन् उनी !
४ /५ दिन अगाडी देखि नै सिमालाई जुनसुकै प्रहरमा पनि छाड्न नचाहने र दिनमा जति बेला पनि'' I love you sima ''( रिना बिदेशी महिला थिईन् त्यसैले उनी अंग्रेजी बोल्दथिन् ) भन्ने शब्दले सिमालाई आफ्नो सेवाबाट उनी आत्मा सन्तुष्ठी भएको भान त हुन्थ्यो नै अर्को तिर सधैँ सँगै बसि राख्दा र आफ्ना परिवार हुँदा हुँदै पनि किन रिना हिजो आज मलाई मायाले झन् बेर्दैछन् भन्ने खुल दुली बढ्न थाल्थ्यो !तर सिमा २ जनाको स्याहार सुसारमा २४ घन्टामा १५ देखि १८ घण्टा प्रत्येक दिन खट्दा पनि थाकेकी हुन्थिनन् र बिचलित पनि थिईनन् ! सिमालाई जति सुकै गाह्रो भए पनि उनलाई बचाउँनु थियो ! डाक्टर र रिनाको अगाडी नै सिमाको आँखाबाट अश्रुधारा बगे कतै मैले रिनालाई गुमाउँनु त पर्ने होईन उनीको सोचाईले मन तरंगीत हुन थाल्यो ! अह ! म कदापि रिनालाई मबाट छुट्न दिन्न आत्मा बल झन बढेर आयो सिमामा ! देख्दा पुर्णिमाको जुन जस्तो अनुहार, केही नभए झैँ गरी हँसिलो देखिन्थ्यो तर उनको बोलीमा मात्र केही फरक थियो ! सिमालाई पटक्कै बिश्वास थिएन की काल भन्ने उनको नजिक नै आईपुगेको छ भनेर ! बिधिको बिडम्बना, छेकेर कहाँ छेकिदो रहेछ र !
बिहीबारको दिन थियो रिनालाई रगत दिएर हस्पिटलबाट घर ल्याई चिया नास्ता पश्चात बेडमा राखेर सिमा सदा झैँ आफ्नो काममा व्यस्त थिईन् ! २ घन्टाको आराम पछि उनले सिमालाई बोलाईन् सिमाले आफ्नो कर्तब्य पुरा गर्दै रिनाको चुरोट खाने बानीलाई धित मेटाएर बेडमा फिर्ता लागिन् ! सिमा अब्राहमलाई साँझको खाना र औषधी दिएर रिना कै बारेमा बेली बिस्तार सुनाउँदै थिईन् ! त्यति बेला रातको ९ बजिसकेको थियो तर रात बत्तिको प्रकाशले दिन जस्तै भए पनि सिमाको मनमा कतै यो बलेको दियो निभेर अन्धकार छाउँने पो होकी भन्दै डर, त्रास मनभरि पालेर त्यही दियोलाई हेरिरहेकी थिईन् फेरि उनले बोलाइहालिन् ! उनी खुशी हुँदै रिनालाई ल्याएर फेरी भान्सामा राखिन जहाँ उनी बस्न मन पराउँथिन् ! यसरी पालै पालोसँग दुवैको आबस्यकता पुरा गर्दै सिमा आफ्नो कर्तब्यलाई पनि पुरा गरिरहेकी थिइन् ! रिनाको मलिन अनुहार,केही उनको शक्ति घटेको अनुभव , जति बेला पनि ''My Dear please sit near me ,I love you ''' भनेको सुन्दा र डाक्टरले भर्नाको लागि दिएको कागज सम्झदा मुटुको धड्कनले उनलाई होस बिहिन बनाउँथ्यो तै पनि आफ्नो कर्तब्य र उनको आत्मीय मायालाई भुल्दैन थिइन् सिमा ! कतै क्यै भै हाल्यो भने सोच्दै .......... सिमा रिनालाई सुमुसुम्याउँदै ईमा '' I want to save you, don't worry ,I am with you '''' भन्दै सान्तना दिंदै थिइन् उनले सिमालाई म्वाई खाँदै बेडमा लैजाने अनुरोध गरिन् ! त्यति बेला रातको ११ बजेको थियो !
सिमा बाँकी रहेको आफ्नो काम सकेर आफ्नो डु;ख ,पिडा र दर्दलाई बिर्साउँने उनको घनिष्ट साथी कम्युटरमा व्यस्त थिईन् फेरि रिनाको आवाजले उनको मग्नतालाई भंग गरायो ! अब्राहम पनि एउटै बेडमा मस्त दिदाईरहेका थिए ! अर्को साइडमा रिना उनको आगमनलाई पर्खदै थिईन् ! सिमालाई देख्ना साथ रिनाले''' How much I am suferring you, my dear ,I love you''' भन्दै फेरी म्वाँइ खादै प्रेमले गला भरिन् ! उनको ब्यबहारले सिमालाई अचम्म लागि रहेको थियो ! सिमा उनलाई सुम्सुम्याउँदै पिसाबले भिजिरहेको बेडबाट उठाएर सफा गरी उनी बस्न रुचाउँने भान्सा कोठामा लागिन् र अम्मल बनि सकेको चुरोट सल्काउँदै केही कुरा गर्न खोजे झैँ गर्छिन् तर सिमा साथीसँग अनलाईनमा कुरा गर्दा गर्दै उसलाई पर्खाएर रिनाको स्याहारको लागि आएकी थिईन् ! म एक छिनमा आउँछु भन्दै उनी रिनालाई चुरोटको साथमा एक्लै छाडेर फेरि साथीसँग कुरा गर्न थालिन् त्यति बेला रातको १ बजिसकेको थियो ! तर रिनाले उनलाई सँगै बस्ने अनुरोध गरिन् ! सिमा आफु सेविका भएको नाताले पनि उनको ईच्छालाई पुरा गर्न कम्युटर बन्द गरेर उनीसँगै बसिन् ! '''I love you my dear '''भन्दै फेरी म्वाई खाईन् ! त्यो दिन माईलो छोराको जन्म दिन परेको हुँदा भोली पल्ट शुक्रबार साँझ सबै परिवारलाई खान बोलाउँने मनसाय गरिन् रिनाले । सिमाले पनि ईन्कार गर्न सकिनन् किनकी सिमा परिवार प्रतिको अमानबीय ब्यबहारबाट रुष्ट भए पनि उनको सन्तानलाई आफुले सकेको माया र सम्मान दिंदै आएकी थिईन् ! उनी भान्साको काम पनि मनपराउँर्थिन् ! किनकी रिना सिमाको लागि एक किसिमको पकाउन सिकाउँने शिक्षिका सरह पनि थिईन् ! उनको कला र स्वाद सिमामा सरि सकेको थियो, त्यसैले परिवारलाई उनले पकाएको खाना साह्रै मन पर्दथ्यो यस्तै कुरा गर्दै समय बितेको थाह नै भएन !
उनको चुरोट सहितको हात टेबलमा ठोकिन पुग्यो ! बत्तिको मलिनता र कुराको व्यस्तताले गर्दा उनको अनुहारको रुप रंग पट्टि सिमाको त्यति ध्यान पुगेन ! सिमाले उनको हात उठाएर चुरोट मुखमा राखिदिदै भनिन् Ema how are you feelling now,if you feel something plz tell me my dear Ema ? Anytime I am ready to take you to hospital because I want to save you' भन्ने सिमाको प्रश्नमा रिनाको उत्तर थियो What do you think my dear, I am going to die now heheee भन्दै रिना हाँसिन ! सिमालाई पनि पटक्कै बिश्वास थिएन कि काल उनको नजिक आएर बसेको छ भनेर ! दुबैको प्रशन्न मुद्रामा कुरा अघि बढ्दै जान्छ ! २०१० नोबेम्बर २० तारिखको कुरा थियो जाडो सुरु भै सकेकोले भोली पल्ट बिहान सधैँ झैँ उनलाई घाममा बसेर कफी पिउने मनसुब जाग्यो ! भोली पल्ट बिहानको सबै कार्यक्रम तय गरी २ बजेर ५ मिनेट जाँदा उनलाई बेडमा फर्कने मन भयो तर उनको बोली ,शरीरको शक्ति क्षिणले उनी प्रति हरेस खाए पनि त्यति छिटो यो संसारलाई छाडलिन् भन्ने उनको मनमा पटक्कै थिएन ! बेडमा ल्याएर रिनालाई सदा झैँ श्रीमान तर्फ नभै अर्को पट्टि कोल्टो फर्काएर सुताईन् र मोबाईल उनको नजिक राखेर रिना यदि तिमीलाई कुनै अप्ठारो महसुस भयो या कतै दुख्यो भने तु मलाई फोनको रिंग दिनु भन्दा सीमाको हातमा च्याप समातेर म्वाई खादै फेरी त्यही कुरा दोर्होरियो ''I love you my dear ''कम्तिमा पनि त्यो दिनमा सायद ६/७ पटक त्यो शब्द सिमालाई भनिसकेकी थिइन् अनि उनले पनि भंनिन् रिना तिमी मेरी आमा हौ मेरो आमा गुमाए पनि मैले अर्की आमा पाएकी छु ती तिमी हौ ! ती दुई बिच यति कुरा भए पछि रिनाले सिमा ३ रात भयो तिमी राम्रोसँग सुतेकी छैनौ म अब तिमीलाई उठाउँदिन भनि प्रेमले हात माथि उठाएर सिमाको गलामा अंकमाल गर्दै म्वाई खाईन् दुबैको गला प्रेमले भरियो ! छुट्टिन नखोज्दा नखोज्दै पनि रिनाको न्यानो मायाको अँगालो छुट्टाएर सिमा आफ्नो कोठामा आई बेडमा पल्टीन् तर रिनाको अनौठो क्रियाकलापले उनलाई पटक्कै निन्द्रा लागेन ! दिन भरिको थकाई र रातको पनि ३ बजी सकेको हुँदा कति खेर उनी निदाईन् पत्ता भएन !
बिहान ६; ३० बजे उनको श्रीमानले बोलाउँदा सीमाको निन्द्रा खुल्यो ,उनको आबस्यकता पुरा गर्न सीमा अर्ध निन्द्रामा फेरी त्यही कोठामा पसिन् उनलाई पिसाब लागेको रहेछ गराएर बेडमा लगेर सुताईन् ! त्यति बेला रिना मस्त निदाईरहेको उनलाई लागेको थियो ! सिमा धेरै थाकेको र ३/४ दिन अनिदोले गर्दा रिनालाई उठाउँने तिर नलागी आफ्नै कोठामा पसेर बेडमा पल्टिना साथ फेरी केही बेर निदाईछन् निन्द्राबाट ब्युझिना साथ घडी हेर्दा बिहानको ७;३० बजिसकेको रहेछ ! उनी जुरुक्क उठिन् उनको मुटुले ढ्यांग्रो ठोक्न सुरु गर्यो सधैँ रिना ६;३० देखि ७ बजे भित्र बोलाउँने गर्थिन् तर आज किन यति बेला सम्म ................सिमाले अघिल्लो दिन हस्पिटलमा डाक्टरले भनेको कुरा झट्ट सम्झिन सिमा ''तिमी रिनालाई घर त लैजाउँ तर भोली ढिलो त हुने छैन ''' यो सम्झनाले सिमाको हात गोडा काम्न थाल्यो बिस्तारै आफ्नो पाईला अगाडी बढाएर उनको ढोका नजिक गएर सास फेराईको चाल उभिएर हेरिरही ! जाडोको मौसम सिरक ओडेको हुँदा टाढाबाट उनको चाल बुझ्न सकिन् ! उनको श्रीमान अर्को पट्टि मस्त निदाईरहेका थिए ! बिस्तारै सीमाका कामिरहेका पाईला अगाडी बढाउँदै रिनाको नजिक पुगिन् ! ओढाएको सिरकले गर्दा उनको अनुहार टाढाबाट देखिएको थिएन ! सीमाले रिनाको हात समाउँदै रिना रिना भनी बोलाउँदा किन बोल्थिन् र उनीको जीवनलीला समाप्त भै सकेको थियो ! निदाईरहेको अबस्थामा देखिए पनि शरीर दह्रो भै सकेको थियो उनले आफ्नो श्रीमानलाई सीमाको जिम्मामा लगाएर यो संसार कति खेर छोडी सकिन्छन् सिमालाई पत्तो भएन !
उनलाई मृत अबस्थामा देखेर उनको शारीरिक कम्प हुँदै चिच्चाहट निस्कियो ! सिमाको चिच्चाहट रोदन सुनेर अब्राहमको निन्द्रा खुल्यो ! बिहानीको सुनौलो पावनी उनको लागि अन्धकार भयो ,उनको ईच्छा र चाहना रिनासँगै गयो श्रीमान श्रीमतीको बिचको ५६ बर्ष सम्मको जीवन यात्रा समाप्त भयो ! सिमा के भयो ? किन रोएको सोध्दै थिए ? अब्राहम आफ्नै भाषामा, बिचरा ऊ अशक्त थियो ! सिमा नाजबाफ बनेर शरिर कमाउँदै हातमा फोन लिएर छोरालाई उही चिच्चाहट रोदनको स्वरमा Ema she is not anymore, plz come here in the second भन्दै फोन गर्छिन् ! सिमा रिना तिरै फर्कदै उनको हातलाई चुम्मन गर्दै मैले पाएको अर्को आमालाई पनि भगवानले खोसेर लागे ! हुन त फूल फुले पछि झर्छ नै ,त्यो फूलले दिएको सुवास नै प्यारो हुँदो रहेछ ! तिमी त्यही फूल थियौ रिना ! तिम्रो अनुपम प्रेम मेरो लागि अपार सागर थियो ! तिम्रा अमुल्य मायालु शब्दहरु नै मेरा दु;ख ,दर्द र पीडाका महलम बनेका थिए ! तिमीले मेरो गलामा भरेको सुन्दर कोमल हातको अंकमाल नै तिमिसंगको अन्तिम बिदाई रहेछ तिमीलाई सलाम भन्दै अश्रु धाराले रिनालाई बिदा गरिन् सिमाले सदा सदाको लागि ....................
0 comments:
Post a Comment