

ढल्न लाग्या भरियालार्इ अझै भारी कोचिँदैछ
भिरैभिरको ठाडो बाटो उसैलार्इ तोकिँदैछ
मलिलोथ्यो खेतबारी रूखिएछ खडेरीले
खोजी खोजी अझ त्यहाँ काँसहरू रोपिँदैछ
भरिएको गाग्रीलार्इ कस्ले सक्यो उठाउन ?
आधा बोकी हिँड्न खोज्दा छछल्केर पोखिँदैछ
ढुकढुकी त बाँकी थियो उपचार हुनसके
डाक्टर बन्न बल्ल बल्ल कखगघ घोकिँदैछ
दुर्इ किनारा बिच बगे खोलाले'नि सागर छुन्छ
बग्नुपर्ने ठाउँ छोडी खोलो अन्तै ठोकिँदैछ
0 comments:
Post a Comment