हरि मानन्धर "विवश"
सुन्दरीका पछि लाग्ने सुरा पनि उस्तै थिए
मोज मस्ती रमाइला कुरा पनि उस्तै थिए
रंगीचंगी प्रकाशमा मदहोस बन्दै गर्दा
संगीतमा छिन्छिन् बज्ने चुरा पनि उस्तै थिए
यौवनको उन्मातमा झल्किएका अंगहरू
आकर्षणमा जिस्काउने भुरा पनि उस्तै थिए
शरीरको आकर्षण बढाउने होड्बाजीमा
नखाएरै ख्याउटिएका लुरा पनि उस्तै थिए
आम्नेसाम्ने आँखा जुधे पल्याक् पुलुक् आँखा तर्दै
निहुँ खोज्दै बोल्ने जिब्रे छुरा पनि उस्तै थिए
Sunday, 16 January 2011
उस्तै थिए

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गजल .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment