यश घिमिरे
तिम्रो थिति देखि मलाई दया लाग्यो साथी आज
आफ्नो भित्रि रुप देखाई बोल्यौ नाना भाँती आज
सबले राम्रो मान्छे भन्थे ठुला ठुला कुरा गर्थ्यौ
बेच्न पछी परेनौ 'नि आमाको त्यो छाती आज ||
किन उल्टो बुद्धि फिर्यो सबै लाइ चिढ्याउने
हिजो सम्म ईष्टमित्र बिरोधीको ताँती आज ||
गिर्यो मति झर्यौ तल आफै बस्ने हाँगो काट्यौ
मुरी भनि मान्दै आ'को रहेनौ 'नि पाथी आज ||
तिम्रो थिति देखि मलाई दया लाग्यो साथी आज
आफ्नो भित्रि रुप देखाई बोल्यौ नाना भाँती आज
0 comments:
Post a Comment