
-सरु ,दोलखा
हिमाल,पहाड,तराई फाँट, भुपरिवेष्ठित देश ।
विश्व मानचित्रमा स्वर्गझै दृष्य, सुनौलो परिवेश ।।
जन्मेका थियौं स्वदेशमा हामी, गुजारा प्रदेशको ।
चाहेर पनि स्वदेश मै रम्न छोड्नलाई वाध्य भो ।।
के भो र भौतिक शरिर टाढा, यो मन त छ त्यहीं ।
नभुलौ हामी स्वदेशलाई,भएनि जहाँ कहीं ।।
एउटै आमाका सन्तान हामी, जन्मेको एउटै काख ।
आमा प्रतिको दायित्व निभाऔँ, जुटेर एकै साथ ।।
झरेको हुन्छ विजाणु जहाँ, फुट्दछ अंकुराई ।
फुलाऔं, फलाऔं गोडमेल गरी, मलजल लगाई ।।
मन वहालाउने रमणिय छ, सुन्दर प्रकृति ।
नभुलौं हामीले नेपालीपन, धर्म र संस्कृति ।।
विदेशी भूमी कष्टकर यात्रा, पार गर्नु छ यसलाई ।
स्वराष्ट्रप्रति गौरव गरौं, नभूलौ स्वदेशलाई ।।
0 comments:
Post a Comment