अशोक पार्थिव तामाङ
मानिस गधा भएर , अरूको बिचार बोकेको छ ।
निर्धा दुब्लो देख्नै हुन्न, कुकुरले झैं टोकेको छ ।।
गरीखाने भन्दा पनि , आरिष गर्ने धेरै भए ।
मै हुँ भन्दै समाजमा ,सिंङान सहित खोकेको छ ।।
बाँच र बाँच्न देउ ,भए हुन्थ्यो यो संसार ।
मन नमिले दाब्नु पर्छ ,भन्ने मन्त्र घोकेको छ।।
समाज एउटा फुलबारी हो, थरीथरी फुल्नु पर्ने ।
पाइला पिच्छे रंगभेदको , बहानामा ठोकेको छ।।
परिवर्तन हुनु पर्छ , संसार पनि समय सँगै ।
नाम जति फेरे पनि ,लालमोहर तोकेको छ ।।
तपेश्वरी - १, उदयपुर
हालः इजरायल
२० नोभेम्बर २०१०
Wednesday, 24 November 2010
गजल
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गजल .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment