उमा सुवेदी
मैन बनी कहिले काँही, पग्लू पग्लू हुँदो रै'छ
पग्लिएको मन हजुर, तप्प तप्प चुँदो रै'छ
वचनैले दुखाएका, कलेजीका घाउहरु
जानाजानी हारी दिँए, जिन्दगीका दाउहरु
पत्थर जस्तो मनलार्इ पनि , वचनले छुँदो रै'छ
मैन बनी कहिले काँही, पग्लू पग्लू हुँदो रै'छ
चर्किएको घाम पनि, खै कसरी सेलाएछ
बेहिसाव यै मनले, आगो पानी खेलाएछ
बगाउन सके आँशु मनलार्इ धुँदो रै'छ
मैन बनी कहिले काही, पग्लू पग्लू हुँदो रै'छ
Monday, 22 November 2010
तप्प तप्प चुँदो रै'छ (गीत)
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गीत .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment