
- अशोक पार्थिव तामाङ
आँखाबाट सुसाउँदै बग्छ जब छालहरू
लेख्न मलाई गाह्रो हुन्छ परदेशका हालहरू
पेटै काटी जोहो गरयो साहुको ऋण तिर्न भनि
कमाई कहिल्यै देखिएन हाड छाला घोटे पनि
एउटा मनले परदेशमा छु, अर्को मन आफ्नै गाउँ छ
कहिलेकाहीं त भक्कानिएर मुटु भित्र तुफाँन आउँछ ।
मनले जब पछ्याउँदैन जीन्दगीका तालहरू
अनायसै बल्झि दिन्छ सम्झनाका खालहरू
जीवन भन्दा प्यारो लाग्ने मायालुको काखै छुट्यो
धन कमाउँन परदेश लाग्दा इष्टमित्र नाता टुट्यो
वरै वैरी परै वैरी धन हुन्जेलका रैछन् नाता
सर्प जस्तै बिषालु कुरा सुन्छु आफन्तका
पात्रोमा एकेक गर्दै जान्छ केवल सालहरू
जीन्दगीमा हाँसो भेट्ने पाइएन चालहरू
तपेश्वरी १ , उदयपुर
हालः इजरायल
0 comments:
Post a Comment