बसन्त कुमार श्रेष्ठ 'क्षितिज'
डेङ्गु
अर्थात
डेन्जर गन्ध
डेड्ली गन्ध
होसियार!चुनावको स्याल बनेकाहरु
आज सिहदरवारमा छन् ।
डेङ्गु सक्रमित अझै सत्तामा छन् ।।
राख्ने/टिकाउने दुबै
डेङ्गु-सत्ता
डेङ्गु-हत्या
डेङ्गु-भत्ता
डेङ्गु-मत्ता
सयौ डेङ्गुधारीहरु अझै सत्ताको उपचारले बाँच्न खोज्दैछ ।
लामखुट्टेलाई छिमेकीबाट आमन्त्रण गरेर पनि नाँच्न खोज्दैछ ।।
पार्टी कार्यलय/
ससद भवन/
बालुवाटार/
सिहदरवार/
बस्न रुचाउने
डेंगु एडिस एजेप्टाई-सत्तामा टासिएर लाग्ने
एडिस एल्वौपेक्टस-सत्ता नपाएर लाग्ने
बाबुलाई छुट्टाइ रामलाई पुज्दैन् ।
प्रचन्ड गर्मीमा पनि कुसीबाट उठदैन ।।
डेंगु लागे पछि नारने भज्न सक्छ ।।
चन्द्रले त दिउसै रात पार्छ
सयौ डेंगु फैलाउने अण्डा झार्छ ।
हेर्दा त शुशीलै हुन्छ तर फण्डा मार्छ ।।
नेपालले झालक झुलुक
सहमती फुटाइ
सहकार्य टुटाइ
सत्ता सत्ता
सत्ता
सकुनीले जुवामा जिते झै डेंगुको साहारामा जित्छ । ।
लक्षण-सत्ताको ज्वरोले धपक्कै ढाक्छ ।
डेंगु-सत्ता हेरैकै कारण आँखा पाक्छ ।।
मनको कुनामा कुसीले जरो गाड्छ ।।
चौध मात्र होईन सयौ पटक हार्छ ।।
उत्तर फर्कि लालसलाम बोल्छ ।।
दक्षिण फर्कि भारतमाता बोल्छ ।।
जता मल्को उतै ढल्को
डेंगु-ले पंगु पार्छ ।।
सत्ताको लागि र्याल सिंगान झार्छ ।।
डेंगु सरुवा रोग हो
यो काङ्ग्रेस,एमाले,माओवादी,फोरम हुँदै सबैलाई लाग्दैछ ।।
यो अन्धो रोग पनि हो ।
यो गन्धो रोग पनि हो ।।
डेंगुबाट सबैलाई बचाउँ / बँच्न सिकाउँ ।।
उपचार नै छैन ।।
अती नै बढे लामखुट्टे भगाउँ /आन्दोलन जगाउँ ।।
Monday, 1 November 2010
डेङ्गु

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम कविता .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment