राजान रिमाल कुवैत
कुवैत सिटि अक्टोबर १५ हिजो नेपालीहरुको महान चाड बडा दशैको अबसर पारेर आयोजना गरेको यो कार्यक्रम भब्यताका साथ सम्पन भएको छ ।निर्धारित समय भन्दा डेढ घण्टा ढिलो शूरु भएको कार्यक्रमको अध्यक्षता बि बि मल्लले गर्नु भएको थियो । भने प्रमुख अतिथिमा कुवैत स्थित नेपाली नियोगका सचिब पुष्प राज भट्टराई हुनुहुन्थ्यो । सयपत्री फुलले सजिएको स्टेजमा कार्यक्रमको सफलताको शूभकामना र यसै अबसर पारेर विजया दशमीको शूभकामना दिदै पानसमा बत्ति बालेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो । उक्त कार्क्रममा एन आर एन ए कुवैतका अध्यक्ष राजेन्द्र तामाङ उपाध्याक्ष धर्म राज गिरी, द्दितिय उपाध्याक्ष दिपक क्षेत्री,माउण्ट एभरेष्ट स्पोटिङ क्लबका अध्यक्ष किरण पौड्याल,नेपाल कुवैत डटकमका एम डि तथा एन आर एन कुवैतका सचिव सुजन के सि,अन्तर्राष्टिय नेपाली साहित्य समाज कुवैत च्यप्टरका अध्यक्ष तथा नेपाल कुवैत डटकमका प्रधान सम्पादक राजन रिमाल नेपाल पत्रकार महांसघ कुवैतका अध्यक्ष आर वि बुढाथोकी, कुवैत नेपाल डटकमका प्रधान सम्पादक जय आले र अन्य महानुभवहरुको उपस्तिथिमा भएको कार्यक्रममा कुवैतमा रहेका नेपालीले धक फुकाएर नेपालमै जस्तो नाचे महाअष्टमिको दिन पारेर राखिएको यस कार्यक्रममा गायन तर्फ चन्दन लिम्बु,राजेन्द्र बिरहि,बि बि मल्ल,मनोज काफ्ले, देव लिम्बु, अनिता गुरुङ, रामु स्वर्ण, दुत बहादु लोप्चन, थिए भने नृत्य तर्फ आस्था राहुत, मनिता रसाईलि, रेनु परियार बबिता गुरुंङ, शूभ दर्शन चौधरी,शुरज शाह हुनुहुन्थ्यो । कार्यक्रममा लोक ,आधुनिक, पप र रिमिक्स नेपाली गितहरु बजेका थिए । दर्शकहरुको ठुलो उपस्थिति थियो हलको क्यापासिटि भन्दा धेरै दर्शकहरु हुदा भुईमै बसेर पनि रमाईलो हेरे आ-आफ्नै शुर र तालमा देखिएका दर्शकहरु झुमिझुमि नाचेका थिए । उनिहरुलाई सम्हाल्नका लागि आयोजकलाई हम्मे हम्मे परेको थियो । यो फितलो ब्यबस्थापनको पक्ष भन्न सकिन्थ्यो ।
Tuesday, 19 October 2010
कुवैतमा लाली गुराँस सासकृतिक परिवारको दशै रमझम

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम Featured, गतिविधि .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment