लालबहादुर ढेंगा, दुबई, युएई
अबुधावी, १७ अक्टोबर । नेपालीहरु विश्वको कुनै ठाउंमा रहेता पनि आफ्नो कला, साहित्य, संस्कृति र चाडलाई उत्थान गरेको प्रत्यक्ष देख्न पाइन्छ । युएईका प्रवासी नेपालीहरुले पनि आफ्नै नेपाली सांस्कृतिक कार्यक्रमको रमझममा हर्लोउल्लासका साथ दसै मनाएका छन् ।
युएईको राजधानी अबुधावीस्थित केरला शोसियल सेन्टरमा गत १५ अक्टोबरका दिन नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरेको छ । स्थानीय नेपाली कलाकारहरुद्धारा गरिएको रंगारंग कार्यक्रम निकै नै रोचक लागेको थियो । आ–आफ्ना ड्युटीको बावजुद पनि आफ्नो कलाहरु पस्कन पाउंदा निकै खुशी देखिएको थियो सरु थापा ।
प्रवासको मरुभूमिमा पनि यसरी आफ्नो चाड, आफ्नै नेपाली परम्परा र आफ्नै संस्कृति अनुसारको सांगितीक माहौलमा रम्न पाउंदा दर्शकको रुपमा आउनुभएका सम्पूर्ण नेपालीहरुले गर्व समेत गरेको थियो भने आफ्नो दुःखहरुलाई एकपलको लागि बिर्सिएर गीतको धुनमा झुमेको पनि देख्न सकिन्थ्यो ।
यस्तैगरी नेपाली लोेक दोहोरी जगतका पारखी लोकगायक चुमान काउंछाको गितीएल्बम “रेसुङगाको भिरै भिर सधै मनमा पिर” पहिलो कोशेलीको सौगातको रुपमा नेपाली राजदूतावासका उपनियोग प्रमुख दीपक अधिकारी तथा अन्य अतिथिहरुद्धारा विमोचन गरिएको थियो । साच्चै नै भनौ भने यो गितीएल्बम गीतको बोल नभएर, चुमान काउंछाले मरुभूमिमा सिचेको आंसुको वहबाट निस्केको आफ्नो मुटुको वेडना जस्तो लाग्दथ्यो । तोकेको समयभन्दा अलिकति धिलै सुरु भएको कार्यक्रमलाई सन्तुलनमा राख्नको निम्ती उद्घोषक पत्रकार उमाकान्त पाण्डे (गाउंले) द्धारा आफ्नो मौखिक मायाजालमा सबैलाई मंत्रमुधमा बाधेर राख्नलाई सफल हुनुभएको पनि प्रत्यक्ष देखिएको थियो । आफ्नो कुशल भावका साथ बीच बीचमा गजल तथा कविता बाचन गरी दर्शकहरुलाई अझै थप मनोरञ्जन गरेको थियो ।
कार्यक्रमको अध्यक्षता कृष्ण जिसीले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा दूतावासबाट उपनियोग प्रमुख दीपक अधिकारी रहनु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बुद्धिजिवी, व्यावसायी, समाजसेवी र पत्रकारहरु रहनु भएको थियो ।
Tuesday, 19 October 2010
युएईमा दशैंको रमझमसंगै रंगीयो सांगितीक सांझ

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम Featured, गतिविधि .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment