
लौ हेर ,बिरङनाको रुपमा नयाँ जन्म लिएर आँए म ,
तिम्रो दासत्वमा लास बनेको देहबाट जिएर आँए म !
तिमीले दिएको चोट ,सास्ती र कुव्यावहारहरुले ,
टुक्रा टुक्रा भैसकेको नारी मनलाई सिएर आँए म !
अति भो अबदेखि कोही नाँच्ने छैन तिम्रो ईशारामा ,
त्यो कोमल,सहनशील मनलाई त्याग दिएर आँए म !
तिम्रो समाजको बिसंगति र कुरितिको अन्त गर्नलाई ,
अमर सहासरुपी अमृतको प्याला पिएर आँए म !!
सजना गुरुङ
0 comments:
Post a Comment