यस वर्षको टङ्कप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार विगत दुइ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार जीवेन्द्र सिंखडालाई प्रदान गरिने भएको छ ।
हेम सरिता पाठक एकेडेमीद्वारा स्थापित सो पुरस्कार सिंखडालाई दिने निर्णय छनोट समितिका संयोजक गोकुलप्रसाद पोखरेलको अध्यक्षतामा सोमबार बसेको बैठकले गरेको हो । पुरस्कारको राशी दुइ हजार अमेरिकी डलर छ ।
विगत पाँच वर्षेखि अमेरिकाको टेक्सासमा बस्दै आउनुभएका समाजसेवी हेम पाठकको अग्रसरतामा सो एकेडेमी स्थापना भएको हो । हरेक वर्ष एक जना नेपाली पत्रकारलाई प्रदान गर्ने गरी स्थापित यो पुरस्कार पहिलो पटक सिंखडालाई प्रदान गर्न लागिएको हो ।
पुरस्कार यही असोज १८ गते एक कार्यक्रमका बीच प्रदान गरिने संयोजक पोखरेलले जानकारी दिनुभएको छ । यसैगरी टङ्कप्रसाद-रमादेवी पाठक प्रोत्साहन पत्रकारिता पुरस्कार झापाका युवा पत्रकार माधव विद्रोहीलाई प्रदान गरिने भएको छ । सोे पुरस्कारको राशि पाँचसय अमेरिकी डलर छ ।
स्रोत : रासस

साहित्यसंसार डट कमका लागि -
0 comments:
Post a Comment