Sunday, 19 September 2010

गीत - यशोदा अधिकारी




यशोदा अधिकारी


फूल फुल्यो काँडाबीच टिप्न गाह्रो भो
निष्ठुरीको याद आउँछ मेट्न गाह्रो भो

जति जान्छु परपर आउँछिन् उनी वर
सम्झाउँछ हल्लिएर पीपलु र बर
फूल फुल्यो…॥

बादलुले छेकीदियो उनको चोखो माया
जता जान्छु उतै आउँछ बैमानीको छाया
फूल फुल्यो…॥

दिन ढल्यो रात वित्यो विते कैयन दिन
पराइको हात समाइ रोएँ एकैछिन
फूल फुल्यो…॥

तिमी खुसी हुन्छ्यौ भनी सधैँ दिएँ साथ
जुनी काट्ने अर्कै रोज्यौ गर् यौ किन घात
फूल फुल्यो…॥

फूल तिमी फल तिमी पराइकै काख
भुले पनि म दुःखीलाई रुमाल चिनो राख
फूल फुल्यो…॥

0 comments:

Post a Comment