Sunday, 19 September 2010

नहेर भो पछि अब आफु खोला तरे पछि

शालिकराम पन्थ



किन हिड्नु रूवाएर माया आफै गरे पछि ।
के महत्त्व गुलावको फूल सबै झरे पछि ।।

जिउँदो छँदा माया भन्दै धोका दिई तड्पाउने
फर्कदैन रोएर त्यो मानव जीवन मरे पछि ।

सँगै मर्ने सँगै बाँच्ने वाचा कसम् खानेहरू
नहेर भो पछि अब आफु खोला तरे पछि ।

माया शब्द नबुझेरै अनायसै हिड्नेहरू
के रहन्छ खेतीपाती माले गोरू गरे पछि ।

अर्को बिहे गर भनि सम्झाउँछन् साथी भाई
हिलो मात्र के गर्नु खै? कमल फूल सरे पछि ।

दिगाम ६, गुल्मी
हाल आबुधावी, यूएई

0 comments:

Post a Comment