शिब आर्य
आजभोली एउटै प्रश्न सोध्छु आफैसित
कसैलाई माया गरी गल्ति गरे कि त ?
आजभोली एउटै प्रश्न ....
सबै पर-पर भए मेरा आफ्ना भन्नेहरु
उनले पनि साथ छोडिन् कस्को भर परुँ
आफ्नै भन्न सकिएन आज आफ्नै मित
कसैलाई माया गरी गल्ति गरे कि त ?
तिमी ठूलो जातको म सानो जातको
चल्दैन रे पानी भन्छन् मेरो हातको
आफैलाई पोल्ने भयो आज आफ्नै प्रित
कसैलाई माया गरी गल्ति गरे कि त ?

साहित्यसंसार डट कमका लागि -
0 comments:
Post a Comment