| हरि मानन्धर "विवश" |
जिन्दगी नै उनकै प्यारमा लुटाउँ जस्तो लाग्छ ।
सक्तिन भो भन्नु पनि मनका पीडा सबै
मन बाँघेरै दुईचार कुरा जुटाउँ जस्तो लाग्छ ।
भैगो भन्दै मनका आशेष् कुल्चिएर सबै
पिरतीको कच्चा धागो टुटाउँ जस्तो लाग्छ ।
नियतीको चलखेलमा लुँछाचुँडी भन्दा
प्रेम रूपि जेलबाट छुटाउँ जस्तो लाग्छ ।
सँगालेर आत्म विश्वास अघि परे पछि
मायालु ती उनकै हातले चुटाउँ जस्तो लाग्छ ।
कस्तो रैछ माया भन्नु चोट परे पनि
जोरगाँस गर्दै उध्रेको दिल खुटाउँ जस्तो लाग्छ ।
हरि मानन्धर "विवश"
क्याक्मी ९, स्याङ्ग्जा

साहित्यसंसार डट कमका लागि -
0 comments:
Post a Comment