Thursday, 1 July 2010

ऐना जस्तै




ऐना जस्तै चर्किएर भाग्य फुटेछ
अनायासै खुशीहरु कसले लुटेछ

सम्झौतामा जिन्दगीको छाँया देखेकी थिएँ
हेर्दा हेर्दै छाँया संगै माया देखेकी थिएँ
त्यही मायाले आज मुटु चस्की दुखेछ
अनायासै खुशीहरु कसले लुटेछ

मान्दै छु म रातहरु अँध्यारो नै हुन्छ पनि
मान्दैन मन कसैगरी दिनमै रात हुन्छ भनि
त्यसैले त आफ्नो भन्ने साइनो छुटेछ
अनायासै खुशीहरु कसले लुटेछ


स्वर - बुनु श्रेष्ठ
संगीत - जुगल डंगोल
रचना - सुनिल संगम
गीति एल्बम - याद (२०५६)

0 comments:

Post a Comment