ब्रिटिश कोलुम्बियाको भ्यानकुभर- सरीस्थित बियर क्रीक पार्कमा यही १९ जुन, २०१० शनिबार रमाइलो बनभोजका साथ साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो । द एसोसिएन अफ नेपलिज इन् अमेरिका (ए एन ए) का साहित्य परिषद पार्षद श्री मानकाजीको संयोजकत्वामा भ्यानकुभर क्षेत्रमा पहिलोपल्ट आयोजित उक्त कार्यक्रममा मानकाजी, ऋषि बस्ताकोटी, डा. इन्द्र क्षत्री, दीपक ढकाल, उज्ज्वल गौतम लगायतले आ-आफ्ना कविता, गजल, मुक्तक र चुटकिला प्रस्तुत गर्नुभएको थियोभने युवराज प्रधान, सबिता श्रेष्ठ, सोमा राई, श्याम पौडेल, पुष्कर थापाले विभिन्न लोकप्रिय नेपाली गीत गाएर मनोरंजन प्रदान गर्नुभएको थियो ।
नेपाली राष्ट्रिय गान गाएर सुरु गरिएको उक्त कार्यक्रममा ए एन ए को उद्द्येश्य गतिबिधि र उत्तर अमेरिकाको नेपाली साहित्यिक अभियानको बारेमा बिशेष चर्चा गरिएको थियो । कार्यक्रममा नेपाली साहित्यिक अभियानलाई ब्रिटिश कोलुम्बियामा कसरी अझ सशक्त पार्दै अगाढी बढाउने भन्नेबारेमा सुझाव संकलन पनि गरिएको थियो । कार्यक्रममा कवि मानकाजीद्वारा लिखित नवीनतम कविता संग्रह “मान्छे, मान्छे नै बन्नुपर्छ” को बिमोचन पनि गरिएको थियो । श्रष्टाका दिदीभिनाजु तथा कार्यक्रमका बिशेष अतिथि जोडी कुलदेवी र मृगेन्द्रराज श्रेष्ठले पुस्तक सार्बजनिक गर्नु भएको थियो भने अर्का बिशेष अतिथि अरुणकुमार राईले दोसल्ला ओढाएर कविको सम्मान गर्नुभएको थियो । दीपक ढकालले विमोचित पुस्तकको छोटो समिक्षा गर्नुभएको थियो भने नवराज कोइरालाले संग्रह भित्रको एउटा कविता वाचन गर्नुभएको थियो । स्मरणीय यो छ कि मान्छेको जात हुनुहुन्न भन्ने मान्यता राख्ने पेशाले विद्युत् इन्जिनियर मानकाजी श्रेष्ठ आफुलाई मान काजी भन्न रुचाउनु हुन्छ ।
पुराना श्रष्ठाहरुको सम्मान र नया प्रतिभाहरुलाई प्रोत्साहन गर्दै लाने ए एन ए को उद्द्येश्य अनुरुप यसपटकको कार्यक्रममा स्वर्गीय नातिकाजीको सांगीतिक योगदानको चर्चा गर्नुका साथै नातिकाजी स्मृति समाजको सौजन्यमा प्राप्त गीत संगीतका सीडीहरु बिक्रीमा समेत राखिएको थियो । कार्यक्रमका बिशेष अतिथि कुलदेवी श्रेष्ठले बिदेशमा बसेर पनि नेपाली भाषा, साहित्य र संगीतको सेवामा लाग्नु महत्वपुर्ण काम हो भन्दै भावविह्वल मुद्रामा आयोजकहरुलाई धन्यवाद दिनुका साथै यस अभियानले निरन्तरता पाओस भन्ने शुभकामना सहित अक्षय कोषका लागि अमेरिकी डलर २०० प्रदान गर्नुभएको थियो । ऋषि बस्ताकोटीको उद्घोषण र इन्द्र क्षत्रीको स्वागतमा संचालित उक्त कार्यक्रमको अन्त्यमा समारोहका सभापति कवि मानकाजीले आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिन सबैलाई आग्रह गर्दै कार्यक्रमका सहभागी सहयोगी सबैलाई धन्यवाद दिनुभएको थियो ।
Saturday, 19 June 2010
भ्यान्कुभरमा साहित्यिक तथा सांस्कृतिक कार्यक्रम
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम Featured, गतिविधि .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment