Thursday, 1 October 2009
उनि
-अशोक पार्थिव तामाङ
मेरा जीवनका बागहरू
बसन्त भएर फुल्न खोज्दा
कुनै दिन झरेथ्यो असिना पानी,
मडारिएको थियोरे कालो कुहिरो।
बगेको थियोरे मर्स्यांङदी र चेपे
उनिका पोल्टाभरी
अनि हाँस्थेरे जोरीपारी।
काले, पर्शुराम सबैले सुसेल्थेरे देख्ना साथ।
मर्काउँथेरे कम्मर सत्र दिशामा
तर
अब म नै हजुरहरूको मा जोडिएको छु,
एकान्तले जति जिस्क्याए पनि,
रहरको भेल म उर्लाउन सक्तिन भन्छिन् यिनी,
शायद सम्झना जीउँदै होला तर वर्तमान्
भत्किसकेको भित्ता जस्तो,
गर्ल्याम् गुर्लुम् रोइरहेछिन् मेरी प्रिय देश नेपाल
उफ् भन्छिन अनि फुस्काउछिन् केहि शब्द
किन भत्काएका यति सुन्दर फुलवारी ???
तपेश्वरी १ , उदयपुर
हालः ( इजरायल )
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम कविता .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment