- अशोक पार्थिव तामाङ
भो म इतिहाँस रोप्दिनँ ।
बर्तमानलाइ नै तासतुस गरेर
जोड घटाउ सिकाइदेउ ।
त्यति भए पुग्छ।
मेरो तालु कम्प्युटरमा
फोल्डर भित्र
फाइल सेइभ गर्ने मेमोरी स्पेस् छैन ।
त्यसैले डिलिट गर्नु भन्दा
बिषय ट्रान्सफर गरेर
इमेलमा कपि अनि पेइस्ट गर्न सिकाइदेउ ।
त्यति भए पुग्छ।
छत्तिसलाइ छत्तिस सँग
गुणा गर्न पनि अल्मलिरहनु भन्दा
एउटा क्यालकुलेटर किनिदेउ ।
त्यति भए पुग्छ।
भो म जागीर खाँदिन
पैसा फल्ने बोट कहाँ छ ?
जानकारी देउ
त्यति भए पुग्छ।
होइन भने जरूरी त ,यो पो हो।
सिक्नु त छ जन्तरीलाइ
माया गर्न सिकाइदेउ ।
सिक्नु छ कसरी डाडु पन्युउ
भान्सामा चर्को स्वरमा कराउँदैन ।
सिक्नु छ मानवताको
उद्दार धर्मशाला सिकाइदेउ ।
सिकाइदेउ त्यो कुरा
जुन म गर्न सक्छु ।
जस्तोकि मेरो बर्तमान ।
म घामको त्रिपालमा
रातको चिसोपन कसरी लुकाउँन सक्छु ।
सिकाउ मलाइ जिन्दगी ,।
यदि सिकाउँने नै भए ।
तर
भो मलाइ नसिकाउँ
इतिहाँसहरू ।
बर्तमानमा कोदो रोपेर
खान सिकाउ।
बर्तमानमा कपि पेइस्ट अनि डिलिटको याम छ ।
शुन्य खडेरी र भोको पेटको सेवा नसिकाउ।
गान्धी बनेर धोतीमा बेरिनुँ छैन ।
मलाइ मेरो बर्तमान नै सिकाउ।
मलाइ मेरो यथार्थ नै सिकाउ।
तपेश्वरी १ , उदयपुर
हालः ( इजरायल )
Thursday, 1 October 2009
मलाइ मेरो बर्तमान सिकाउ

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम कविता .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment