Saturday, 19 September 2009
गज़ल
हिजोजस्तै आजपनि, पियो उसले किन ?
रोमियोको कथा सम्झियो उसले किन?
सबैलाई देखाउछु, पोख्छु भन्थ्यो सबै पिर..
च्यातिएको छाती एक्लै. सियो उसले किन?
फुल्नु झर्नु कति कति, झरिजाने फूलका कथा
वैलिएको यौटा फुल , लियो उसले किन?
रित्तो-रित्तो मझेरी छ, छैन कोहि आउने-जाने
कोही छकि गर्नु चर्चो, चियो उसले किन?
घरैभरि त्यो अँध्यारो, कृष्णपक्ष छाएपनि
जलाएन कहीं कतै, दियो उसले किन?
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गजल .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment