Saturday, 19 September 2009
प्रभात पुरस्कार साहित्यकार धरावासीलाई प्रदान
वेलायत तथा ब्रुनाईमा संचालित प्रवासी नेपाली साहित्य समाज (प्रभात) का बरिष्ठ सदस्य जितेन्द्र चेम्जोङ र महासचिव नवराज राईको उपस्थिती, वरिष्ठ साहित्यकार वैरागी काँइलाको प्रमुख आतिथ्य र हेम भण्डारीको संचालनमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो। धरावासीले विगत ३ दशक अघि देखि नेपाली साहित्यमा निरन्तर पुर्याउनु भएको योगदानको कदर गर्दै प्रभात पुरस्कार २०६५ प्रदान गरिएको हो।
विदेशमा दुःख गरि कमाएको थोरै हिसां छुट्टाएर साहित्यको फाँटमा पुरस्कारको ब्यवस्था गर्नु आफैमा सह्रानिय कार्य भएको कुरा प्रमुख अतिथि काँइलाले बताउनु भयो। त्यस्तै गरि पुरस्कृत स्रष्टा धरावासीले आफूलाई विदेशमा रहेका स्रष्टाहरुले सम्झेर पुरस्कृत गरेकोमा हार्दिक आभार ब्यक्त गर्नुभयो।
समाजले गत बर्ष काठमाडौको धरहराको टुप्पामा पुरस्कार प्रदान गरेको थियो भने यस बर्ष कान्तिपुर एफ. एम.बाट प्रत्येक्ष प्रसारणबाट नौलो तरिकाले कार्यक्रमको आयोजना गरेको थियो। कान्तिपुर एफ. एम. सुन्ने लाखौ स्रोताहरुले प्रत्येक्ष सुनेका थिए भने वेलायत, मलेशिया, ब्रुनाई, अमेरिका, हङकङ लगायत विश्वभरकाले अनलाइन मार्फत सुनेका थिए।
स्मरण रहोस, प्रभात पुरस्कार बर्षमा १ जनालाई रु १५ हजार रुपैया नगद र प्रमाण–पत्र प्रदान गरिन्छ र यस भन्दा अघि सुसनवाला राई (२०६२), शशि लुमुम्भु (२०६३) र रमेश पौडेल (२०६४) लाई प्रदान गरिएको थियो। उत्साहित लाहुरे स्रष्टाहरुको सक्रियतालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रभात पुरस्कारको लागि १ हजार पाउण्डको सांकेतिक कोष ब्रिटिस गोर्खा सेनाको पूर्व गोर्खामेजर लक्ष्मीभक्त वान्तावाले स्थापना गर्नु भएको थियो।
- सुरेन्द्र इङनाम र विश्वासदीप
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम Featured, गतिविधि .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment