
हरि मानन्धर “विवश”
आनन्द पो हुने थियो रात साट्न पाए ।
बैशालु यो यौवनको यो मात साट्न पाए ।।
अधर भरि छल्लिएको तिम्रो मधुर मुस्कान,
चुम्वन सँगै माधुर्यता को वात साट्न पाए ।
अंग अंग केलाएर यौवनको यो खेलमा,
क्रिडासँगै सल्बलाई यी हात साट्न पाए ।
नग्न शरीर यी आँखामा समर्पित गर्दै,
आनन्द पो हुने थियो त्यो जात साट्न पाए ।
0 comments:
Post a Comment