Friday, 21 August 2009
अनेसास इजरायलद्वारा तीन दिवसीय देवकोटा सतबार्षिकी कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायलद्वारा इजरायलको तेल अभिभमा लक्ष्मी प्रसाद देवकोटाको सतबार्षिकी कार्यक्रम सम्पन्न गरिएको छ । इजरायलमा विभिन्न पेशामा संलग्न साहित्यलाई माया गर्नेहरूको जमघटको वीचमा सम्पन्न सो कार्यक्रममा पहिलो दिन साँझ कार्यक्रम स्थल हार्चियोन ३५ मा नै सय वटा दियो जलाएर दीप प्रज्वलन गरिएको थियो । सो कार्यक्रममा अनेसास इजरायलका अध्यक्ष सुनिल संगम, उपाध्यक्ष, नवराज आचार्य लगायत सल्लाहकार स्याम रोक्का ज्यूहरूबाट दीप प्रज्वलन गरिएको थियो ।
दोश्रो दिन अनेसास इजरायलकै आयोजनामा सम्पन्न देवकोटा सम्बन्धी तथा अन्य साहित्यिक रचनाहरूको वाचन कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावासका उपप्रमुख मुक्तिनाथ भट्ट, सचिव विष्णु गौतम तथा सहायक थान प्रसाद शर्मा, त्यस्तै विषेश अतिथि एनआरएन इजरायलका अध्यक्ष भुवन सिंह कुवर, झापाली एकता समाजका अध्यक्ष केशव श्रेष्ठ (मामा) तथा अन्य इजरायलमा भएका संघ संस्थाहरूका पदाधिकारीहरू समेत रहनुभएको थियो । सो अवसरमा सबै वक्ताहरूले अनेसास इजरायल एक विशुद्ध गैर राजनैतिक सँस्था भएकोले यसको सफलताको कामना गर्नुभएको थियो ।
साथै उक्त कार्यक्रममा रचना वाचन गर्नेहरूमा कृष्ण थापा (अनेसास इजरायलका महासचिव), कवि तथा गीतकार अशोक पार्थिव तामाङ, सुनिल संगम (अनेसास इजरायलका अध्यक्ष), स्याम रोक्का (अनेसास इजरायलका सल्लाहकार), आशा गुरूङ (अनेसास इजरायलका सदस्य), विष्णु भट्टराई (अनेसास इजरायलका सदस्य) शंकर पौडेल (अनेसास इजरायलका सदस्य), टिका खरेल (अनेसास इजरायलका कोषाध्यक्ष), सुनिता राई (अनेसास इजरायलका सदस्य), हरि मानन्धर “विवश” (अनेसास इजरायलका सचिव) रहेका थिए । त्यस्तै रचना उपलब्ध गराउनुहुनेहरूमा कवियित्री तथा गीतकार आचार्य प्रभा (अमेरिका), अविरल अधिकारी (दुवई), साहित्यकार अनुज श्रेष्ठ (कतार) र स्वर्गीय नेत्र प्रसाद न्यौपाने (नेपाल)को रचना उहाँका बेल्जियममा रहनु हुने भतिज सन्तोष न्यौपाने बाट प्राप्त भएको थियो ।
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम Featured, गतिविधि .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment