सुनील संगम
सुनकोशीको तिरमा बसी किन टोलाएकी
जाने गै गो हुन्देऊ भै गो किन लोलाएकी
विझाउने काडाँ हो त्यो खै कसरी फूल भयो
फूल भनी सजाए छौ त्यही तिम्रो भुल भयो
गाजलु ती परेलीलाई किन भिजाएकी
जाने गै गो हुन्देऊ भै गो किन लोलाएकी
बगी जाने पानि न हो किन फर्की आउथ्यो
झुक्याउने बानी न हॊ के को प्रीत लाउथ्यो
माया मार्ने निर्मोहीलाई किन बोलाएकी
जाने गै गो हुन्देऊ भै गो किन लोलाएकी
गीती एल्बम याद
स्वर शीव केसी
रचना संगीत सुनील संगम
Tuesday, 12 May 2009
सुनकोशीको तिरमा बसी
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गीत .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment