Tuesday, 12 May 2009
निष्ठुरीलाई एकै पटक
सुनील संगम
निष्ठुरीलाई एकै पटक हेर्न पाए हुन्थ्यो
मेरो माया छ कि छैन केर्न पाए हुन्थ्यो
कस्तो चाहा होला कुन्नी उनको भित्री मन्मा
म त भन्छु अँगालो मै बेर्न पाए हुन्थ्यो
आफै देखी टाढा टाढा भागी जाने मन्लाई
मायाँको त्यो काँडे तारले घेर्न पाए हुन्थ्यो
होसै हुन्न भन्दो रैछ पिरतीको मातमा
जे सुकै होस मनको धोको फेर्न पाए हुन्थ्यो
यो जुनिमा पक्कै संगम हुन्नै भनेदेखि
आफ्नो घाँटी आफैले नै सेर्न पाए हुन्थ्यो

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गजल .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment