Thursday, 19 February 2009
"हिउँको तन्ना"को बिमोचन
परराष्ट्र मन्त्री उपेन्द्र यादवले कवि कृष्ण बजगाईंको हाइकु संङ्ग्रह "हिउँको तन्ना" को ८ मार्चका दिन ब्रसेल्समा बिमोचन गर्नु भयो । बिमोचन पछि बोल्दै मन्त्री यादवले नेपाली डायोस्पोराहरु नेपाली भाषा,साहित्य,ब्यापार लगायतका बिभिन्न क्षेत्रमा लागेकोमा खुशी ब्यक्त गर्नु भयो । विदेशमा रहेका नेपालीहरुले आफूले आर्जन गरेको शिप र प्रविधी नेपाल र नेपालीको लागि लगाउन आग्रह गर्नु भयो ।
देश नयाँ युगमा प्रवेश गरेकोले जटिल संक्रमणकालीन अवस्थामा रहेको छ । यस्तो अवस्थामा बिभिन्न समस्याहरु देखिने भएकोले सबै दलहरुले दलगत स्वार्थ छाडी नयाँ संविधान बनाउन लाग्नु पर्ने अहिलेको जनमत रहेको कुरा बताउनु भयो ।
गैर आवाशीय नेपालीहरुको लागि परराष्ट्र मन्त्रालयमा एन आर एन डेस्क राखेको बताउँदै दोहोरो नागरिकता दिने बारेमा गृहकार्य भैरहेको जानकारी गराउनु भयो ।
"हिउँको तन्ना" कृतिका स्रष्टा कृष्ण बजगाईले विदेशबाट प्रकाशित यो आफ्नो दोस्रो कृति रहेको बताउँदै नेपाली भाषा साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पहुँच र पहिचान गर्न कृति प्रकाशन जस्ता कार्यले सहयोग पुर्याउने कुरा बताउनु भयो ।
बेल्जियमका लागि नेपाली राजदुत प्रमेश हमालले यहाँका नेपाली डायोस्पोराहरु सचेत र बढी संगठित छन् भन्नु हुँदै बेल्जियममा रहेका स्रष्टाको पुस्तक प्रकाशित भएकोमा खुशी ब्यक्त गर्नु भयो ।
दुतावासका प्रथम सचिव दुर्गा प्रसाद भण्डारीले स्रष्टा बजगाई लामो समयदेखि यहाँको साहित्यिक गतिविधिमा सक्रिय रहनु भएको छ भन्नु हुँदै पुस्तक प्रकाशन जस्ता गतिविधिले विदेशबाट पनि नेपाली भाषा साहित्यमा टेवा पुगिरहेको कुरा बताउनु भयो ।
उक्त कार्यक्रममा संविधान निर्माण, लडाकु सेनाको, समायोजन गैर आवाशिय नेपालीका समस्या लगायतका बिभिन्न विषयमा पि.जी. शेर्पा, गंगाधर गौतम, तुलसीनाथ सुवेदी, कृष्ण तिवारी, लिलाधर पन्त, मार्के मगर, सुरेन्द्रमान अमात्य, युवराज गुरुङ लगायतले जिज्ञासा राख्नु भएको थियो भने मन्त्री यादव तथा राजदुत हमालले सो विषयमा प्रष्ट्याउनु भएको थियो ।
सोही साँझ एन आर एन बेल्जियमले मन्त्री यादवको सम्मानमा ब्रसेल्समा रात्री भोजको आयोजना गरेको थियो ।

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम Featured, गतिविधि .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment