
- अशोक पार्थिव तामाङ
ए मान्छे भनाउँदा मान्छेहरू !
म त खाँटी पशू हो ,
म पशूको सवतन्त्रता बाँच्न चाहन्छु
तिम्रो कंक्रिटको शहरमा
मेरो लागी गोठ नबनाउ
त्यो मेरो आवश्यक्ता पनि होइन
तिम्रो सूनबुट्टे सपनाहरूको पछि लाग्दा
थुप्रै मेरा वंसजहरू !
त्यहि शहर पुगेर राहदानी विहिन भएर हराएका छन्
कोही मारिएका छन्
कोही लुछिएका छन्
कोही चपाइएका छन्
असंख्य बरबाद भएका छन्
मेरो इतिहासको खाता वर्तमानमा नियालेर पल्टाउँदा
मैले अज्ञानमा यति चाहीं बुझेको छु।
मलाई जबरजस्ती गर्भाधान गराएर
अनगिन्ती बच्चा ब्याउँने पार्न तिमी सित लिंगै-लिंगैका कल्पनाहरू छन्
मलाई गूफामा कुन्जाएर तिमीले घाम ताप्ने योजनाहरू छन्
मेरो दूध दुहेर पिउँने
दूध सकिए पछि रगत पनि पिउने
रगत सकिए पछि हड्डी पनि चपाउँने
तिम्रा क्षितिजका सपनाहरू
म कहिल्यै पुरा हुन दिने छैन ।
( समाप्त )
- तपेश्वरी १ , उदयपूर
हालः इजरायल
0 comments:
Post a Comment