Friday, 3 June 2011

दिन ढलेझैँ ढलिरहेछु -





गीत -उमा सुवेदी

जलिरहेछु गलिरहेछु
दिन ढलेझैँ ढलिरहेछु,
फर्केनौ तिमी अझै पनि
बेहोस-बेहोसमै चलिरहेछु
आऊ प्रियतम आऊ
म ढलेँ आऊ समाऊ


घाम लुकेर साँझ भो,
साँझ पोखिई रात भो
तिम्रै यादका सुस्केराले
मेरो रात जलेर राख भो
आऊ प्रियतम आऊ
म ढलेँ आऊ समाऊ


शीत बनेर तप्किदेऊ,
बतासले झैँ हम्किदेऊ
जल्दै गरेका आशामा
प्रेम भएर पोखिइदेऊ
आऊ प्रियतम आऊ
म ढलेँ आऊ समाऊ

0 comments:

Post a Comment