Thursday, 28 April 2011

गजल-सविन सिंह






ठिकै देखिए नि अलि वेठिक छु ।
आकाश खस्ने होकि भनी चिन्तित छु ।।

कसो गरी रेट्छ फूलको धारले सोच्थेँ ।
आफू माथी जगत हाँस्दा पिडित छु ।।

बल्दो सूर्य हुँ म निभ्नु छैन अझै ।
कालो बादलले घेर्दा मलिन छु ।।

चाहिएको यौटा जाबो बुटी न थ्यो ।
सिंगै पहाड बोक्नु पर्दा थकित छु ।।

.सविन सिंह

0 comments:

Post a Comment