Friday, 29 April 2011

गीत~ तल तल म झरे

उज्यालोले छेक्यो साथी अधेँरीमा म लडे ।
स्वार्थ बोक्ने माथि पुगे तल तल म झरे ।।

एकै मुटु ज्यान बोक्ने छुरा बोकी पछि लागे
पुर्णिमामासंगै थियो औशी लाग्दा कता भागे
दिएकै थे मन मुटु आज खोज्छु कता सरे ।
स्वार्थ बोक्ने माथि पुगे तल तल म झरे ।।

आफ्नो भनि माया गरे यो नै मेरो भुल भयो
फूल सम्झि मनमा राखे बिझिरहने शूल भयो
बर्षातमा म रुझ्दा छाता बोकी कता बढे
स्वार्थ बोक्ने माथि पुगे तल तल म झरे ।।

उज्यालोले छेक्यो साथी अधेँरीमा म लडे ।
स्वार्थ बोक्ने माथि पुगे तल तल म झरे ।।

बसन्त कुमार श्रेष्ठ 'क्षितिज'
मिति:०६८-०१-१६



.

0 comments:

Post a Comment