अनेसास केन्द्रीय कार्यसमितिको आयोजनामा यही सन २०११ जुलाइ १७ तारिक, आइतवार भानुजयन्तीको अवसर पारेर भिडियो कन्फेरेन्स मार्फत हुने विश्वब्यापी बृहद कविता गोष्ठी सम्पन्न गर्न गठित संयोजक समिति विस्तार गरिएको छ । विश्वभर रहेका अनेसासका अधिकतम च्याप्टरहरुलाई सहभागी गराउने उद्देश्य अनुरूप प्रत्येक च्याप्टरबाट छनोट भइ प्राप्त भएका एक/एक वटा उत्कृष्ठ कविताहरु स्वयम कविकै स्वरमा बाचन गरी वेभ तथा सेटेलाइटको माध्यमबाट एकैचोटी विश्वभर प्रसारण गर्नेगरी उक्त कविगोष्ठी सम्पन्न गरिदैछ । अनेसास केन्द्र र विश्वभरि रहेका यसका च्याप्टरहरुबीच सम्बन्ध प्रगाढ पार्न र सबै च्याप्टरहरुलाई अनेसासको एउटै छानामुनी रहेको आभाष समेत गराउने उद्देश्यले गर्न लागिएको यस कार्यक्रमलाई सफल पार्न नेपाली भाषा साहित्यप्रति चाख राख्ने संसारभरि रहेका सबै महानुभावहरुले नेपालीहरूको अन्तराष्ट्रिय एक्यबध्दताको अबसरको रूपमा आत्मसात गरिदिन पनि अनेसास, वेभद्वार प्रसारण गरिने अन्तरराष्ट्रिय काब्यगोष्ठी आयोजक समिति सादर आग्रह गर्दछ ।
कार्यक्रम संयोजक समितिमा नवनियुक्त सदस्यज्यूहरु :-
रन्जना उदास (अफ्रिका)
अनन्त रिसाल (न्यूजर्सी, अमेरिका)
पुनम क्षेत्री (जापान)
डा. रूपक श्रेष्ठ (बेलायत)
भिम कार्की (टेक्सास, अमेरिका)
विमल नेपाल (फ्लोरिडा, अमेरिका)
भुवनेश्वर शर्मा (अस्ट्रेलिया)
कृष्ण बजगाइ (बेल्जियम)
प्रकाश नेपाल (भर्जिनिया, अमेरिका)
विरही रिजाल (यु.ए.इ.)
पदम विश्वकर्मा (कोलोराडो, अमेरिका)
रमेश रानाभाट (चीन)
ज्योति पैाडेल (न्यूयोर्क, अमेरिका)
राधेश्याम लेकाली (नेपाल)
सल्लाहकारहरू: .
होमनाथ सुबेदी (अमेरिका),
ज्ञानेन्द्र गदाल (अमेरिका)
प्रमुख संयोजकहरू
डा. शिव गैातम, बोष्टन, अमेरिका
इमेलः shivagau@gmail.com
फोनः 6175581084
कुसुम ज्ञवाली, टोरन्टो, क्यानfडा
इमेलः thekusum@gmail.com
फोनः 6479677396
Tuesday, 26 April 2011
भानु जयन्तीको अवसर पारेर भिडियो कन्फरेन्स मार्फत वृहद कवि गोष्ठी हुने

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गतिविधि .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment