
ज्योतिषीले चिना हेर्दा दशा साँढे सात थियो ।
तिम्रै घर पाईला चालें जवानीको मात थियो ॥
पूजा भन्थ्यौ तिम्रो घराँ फेरि किन खाली? सोधें।
के सुनें खै मैले कानमा नशा लाग्ने बात थियो ॥
भोक मिठो भोजन भन्दा प्यास मिठो किन झन् ।
तिम्ले देह कब्जा गर्दा जुनकिरीको रात थियो ॥
फूल सम्झि चुमें मैले बेहोशीमै कता कता ।
भाले बास्यो ब्युँझि हेर्दा छाती माथि लात थियो ॥
कस्ले देख्छ? प्राण भित्र राहुकेतु लुकेको छ ।
आखाँ चिम्ली सहि गरें त्यँही तिम्रो घात थियो ॥
राजेन्द्र मल्ल
0 comments:
Post a Comment