Sunday, 10 April 2011

अनेसास नवोदित साहित्यिक वाचन श्रृंखला





अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक मोबाईल पुस्तकालय कतारको संयुक्त आयोजनामा संचालन भएको साहित्यिक वाचन श्रृंखलाको पहिलो श्रृंखला यहि ०८ अपि्रल २०११ नेशनल स्थीत टपफम रेष्टुरेण्टमा भब्यताका साथ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रबार पारेर थालनी गरेको यो पहिलो श्रृंखलाका संयोजक दीपक भेट्वाल रहेका थिए । हरेक महिना अलग-अलग संयोजक रहने यस श्रृंखलामा आगामी महिना र श्रृंखलाका लागी संयोजक चर्चित ढुंगेल चयन भएकाछन् । यस श्रृंखलाको अर्को आकर्षण पक्ष रहेकोछ नौलो प्रस्तुती र साहित्यिक बातावरण । हरेक श्रृंखलामा बिभिन्न पेशा र क्षेत्रका बिशेष ब्यक्तित्वहरुलाई बोलाएर रचना श्रवण गराईनेछ । यो पहिलो श्रृंखलामा बिशेष व्यक्तित्वको रुपमा राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका सह- सम्पादक दीपक पौडेल र प्रवास साप्ताहिक कान्तिपुरका अरव संयोजक दीनेश रेग्मी रहनु भएको थियो । बिभिन्न बिधाका २५ जना सर्जक र स्रष्टाहरुले आफ्ना साहित्यिक रचना बाचन गरेका थिए । मनग्ये रुपमा महिलाहरु पनि उपस्थीत रहेको उक्त श्रृंखलामा गजलकार दुःखी दीपक राजबंशी पराईको गजल संग्रह "भावना" पनि दोहाका स्रष्टाहरु हेमन्त परदेसी, सेलीङ केसी, भानु सुनुवार र दीपक पौडेलको हातबाट लोकार्पण गरियो । संग्रहका बारेमा हेमन्त परदेसीले बोल्नु भएको थियो । कार्यक्रमको दोस्रो चरणमा मोवाईल पुस्तकालयका निवर्तमान सचिव र हालका संयोजक ईश्वर दाहाल कविजीलाई संस्थागत औपचारीक बिदाई गरिएको थियो । संस्थाका प्रथम उपाध्यक्ष कृष्ण क्षितिज राईले कदरपत्र र संस्थाका पदाधिकारीहरुले संयुक्तरुपमा मायाँको चिनो प्रदान गरेका थिए । ईश्वर दाहाल कविजी कतार नआउँने गरि नचाँडै नेपाल फिर्दै हुनुहुन्छ । सभ्य र भब्य रहेको श्रृंखला कार्यक्रममा बिभिन्न साहित्यिक बहस र अन्तरकि्रया पनि सर्जक र स्रष्टाहरुले गरेका थिए । उक्त श्रृंखला नवोदित साहित्यिक मोवाईल पुस्तकालयका महासचिव तीर्थ संगम राईले संचालन र समापन गरेको थिए ।

१। तीर्थ संगम राई

२। ईश्वर दाहाल कविजी

३। हेमन्त परदेसी

४। भानु सुनुवार

५। सेलीङ केसी

६। दीपक पौडेल

७। दीनेश रेग्मी

८। निराजन लुईटेल

९। सन्तोष सिटौला

१०। अतृप्त कमल

११। दीपक राजबंशी

१२। प्रकाश गुरुङ

१३। श्रीकृष्ण भट्टराई

१४। महेन्द्र गुरुङ

१५। कृष्ण क्षितिज राई

१६। महेश्वर नेपाल

१७। पुर्ण बेघा

१८। चर्चित ढुङ्गेल

१९। ईन्द्रमणी नेपाल

२०। मुनाल भट्टराई

२१। अब्दुल रजाक

२२। अनिल लामा

२३। बिजय तामाङ

२४। अम्बर बहादुर गुरुङ

२५। भक्त बहादुर लामा

२६। जानेन्द्र प्रसाद अम्गाई

२७। भोजराज दाहाल क्याक्टस्

२८। धीरज चाम्लिङ

२९। युगयोगी राई

३०। उद्धव राई

३१। रेखा राई

३२। राम कुमार राई

३३। आकाश पराजुली

३४। दल बहादुर मगर

३५। राजन िसंखडा

३६। प्रेम लामा

३७। शक्ति बहादुरक्षेत्री

३८। दीपक आचार्य

३९। दीलिप रेग्मी

४०। भीम बहादुर मगर

४१। दीपक परियार

४२। शोभाकर बिक

४३। केदार प्रसाद गैरे

४४। सैनिदिन मियाँ

४५। बिष्णु प्रसाद गैरे

४६। बीर बहादुर पाईजा

४७। सुर्य काफ्ले

४८। राजेश्वर ढकाल

४९। लक्ष्मण संकल्प

स्मरण रहोस यो श्रृंखला हरेक महिनाको दोस्रो शुक्रबार नेशनल स्थीत टपफम रेष्टुरेण्टमा दिनको ३ बजेबाट सुरु हुनेछ । पहिलो श्रृंखलामा आउँनुहुने समस्त साहित््य प्रेमी अनुरागीहरु सर्जकहरु र स्रष्टाहरुमा अनेसास कतार र नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतार कृतज्ञता ज्ञापन गर्दछ । साथै आउने श्रृंखलामा नयाँ तथा पुराना सबैलाई उपस्थीत हुन बिनम्र अनुरोध गर्दछ ।


-नवोदित साहित्यिक मोवाइल पुस्तकालय


दोहा, कतार ।

0 comments:

Post a Comment