छातीमा लागेको गोलीको घाउ आलै छन् निको भाकै छैन ।
दिन प्रतिदिन बड्दै छ मलम पट्टि लगाई दिने कोही छैन ॥
बुढेसकालको सहारा आफ्नै सन्तानलाई गुमाएर बसेकी आमा ।
पीदिमा बसेर गिद्द र सिनोको रमिता हेर्नु शिवाय केही छैन ॥
युद्ध रणमैदानमा बुवा आमा गुमाएका एक्ला टुहुरा बालकहरु ।
बस्ने बस र भोग लाग्दा एकमुठी गास खान दिने केही छैन ॥
देश र जनताको लागी लड्दा लड्दै शहीद भाको खबर सुनेर ।
मानसिक गुमाएका आफन्तहरुको पीडा बुझिदिने कोही छैन ॥
सुन्दर बस्तीहरु बम बारुदको धुवाले अझै उराठ लाग्दा छन् ।
नया नेपाल खै त्यहाँ जनताको दु:ख बुझ्न गाकै कोही छैन ॥
आफ्नै सन्तानहरु लुछा तानीको देखेर झन् निराश थपिदै छ ।
आमाको दु:ख दायी पीडालाई बुझेर आँशु पुछिदिने कोहिछैन ॥
जे. पी. "अन्जान"
ईरिवाङ रोल्पा
हाल : दोहा - कतार
0 comments:
Post a Comment